ट्रेण्डिङ्ग:

शान्ति कविता गोष्ठीमा गुन्जिए १५ कवि

काठमाडौँ। नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशेष कार्यक्रम गर्दै बिहीबार ‘शान्ति कविता गोष्ठी’ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तुलसी दिवस, संस्थाका संरक्षक कवि डा. विमल कोइराला, अध्यक्ष कवि मोमिला, एनएलजीआइका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तलगायतले ‘कलाश्री’ साहित्य वार्षिक अङ्कको विमोचन गर्नुभयो । सो अवसरमा कलाश्रीको ई पत्रिकाको लोकार्पण पनि गरिएको थियो । कार्यक्रममा ‘एनएलजी कलाश्री सिर्जना सम्मान’ बाट कथाकार गीतकार राजुबाबु श्रेष्ठलाई नगद राशिसहित सम्मानित गरिएको थियो ।

शान्ति कविता गोष्ठीमा कविहरू डा. नवराज लम्साल, लक्ष्मी माली, लक्ष्मण गाम्नागे, विन्दु शर्मा, फूलमान वल, राधिका कल्पित, अमरदीप सुनुवार, बाबु त्रिपाठी, लक्ष्मी रुम्बा, सुभाष सजल, रञ्जना निरौलाच, विश्व सिग्देल, प्रदीप भट्टराई, तारा सुनुवार र कपिल अन्जानले आआफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कवि दिवसले संस्थाले कला, साहित्य र सिर्जनाका क्षेत्रमा विशेष काम गर्दै आएको बताउनुहुँदै साहित्य, कला र संस्कृति नै देशको पहिचान भएको उल्लेख गर्नुभयो ।

त्यस्तै कवि डा. कोइरालाले साहित्य र कला कुनै पनि मुलुकको पहिचानको आधार भएको बताउनुभयो । उहाँले कविता र कविको विकल्प भनेको तिनका कविता नै भएको उल्लेख गर्नुभयो । साहित्यकार मोमिलाले कला, साहित्य र संस्कृतिबिना समाज खोक्रो हुने बताउनुभयो । त्यसको संरक्षणका लागि आफूहरू सक्रिय रहेको उहाँको भनाइ थियो ।

  himalayanvoice.com | १० माघ २०८२, शुक्रबार २२:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online