ट्रेण्डिङ्ग:
|तेहरानलाई दबाब दिन अमेरिकी सेनाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको ट्रम्पको भनाइ|आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै|माछा मार्न जाऔं : तीन वर्षभन्दा बढी समय बन्द रहेको क्यालिफोर्नियामा सालमन माछा मार्ने काम सुचारु|देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न|ह्वाइट हाउसद्वारा अध्यागमन अदालतहरूमा ‘माफीको युग’ ‘समाप्त’ भएको घोषणा|नेपाल तथा भारतका २८ जना प्राज्ञहरुलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान|‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’|वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए|छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन|प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा जारी

नेपाल-भारत प्राध्यापक सम्मेलनमा बृहत् ग्रन्थको लोकार्पण

काठमाडौं । समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक बृहत् ग्रन्थको लोकार्पण गर्नुभयो ।

समारोहमा डा. त्रिपाठीले नइबाट आफ्नै आन्तरिक साधनस्रोतमा आयोजित तीनदिने सम्मेलनमा नै प्रकाशित उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिक मात्र नभएर सुनमा सुगन्धको योगजस्तो हुन पुगेको बताउनु भयो ।

रोयल साइजमा ८७२ पृष्ठमा विस्तरित भई पूर्ण बनेको सो ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालयबारेका २५ ओटा आलेख आबद्ध छन् ।

नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन र अनुसन्धान कार्यमा संलग्न साधकहरूबाट नेपाली विषयको पठनपाठनको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त यस ग्रन्थमा समेटिएको छ ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको दोस्रो दिनको समारोहमा प्रमुख अतिथि समालोचक प्रा.डा. वासुदेव त्रिपाठी, शिवगोपाल रिसाल, प्राडा चूडामणि बन्धु, प्राडा दयाराम श्रेष्ठ, प्राडा दिवाकर प्रधान, प्राडा कविता लामा, प्रा केशव सुवेदी, सम्मेलनका संयोजक प्राडा महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलनबारे आआफ्नो मन्तव्य प्रकट गर्नु भएको थियो ।

सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा त्रिभुवन बरई र नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले मन्तव्य प्रकट गर्नु भएको जानकारी नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले दिनुभयो ।

  himalayanvoice.com | २८ चैत्र २०८२, शनिबार ११:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online