ट्रेण्डिङ्ग:

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा पार्टी परित्याग

काठमाडौँ  । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले सो पार्टी छोड्नुभएको छ । पार्टीले शुक्रबार आयोजना गरेको बैठकमा बाबुरामले पार्टीमा नरहने घोषणा गरेको प्रलोपाका अध्यक्ष सन्तोष परियारले जानकारी दिनुभयो ।

अध्यक्ष परियारले बाबुराम राजनीतिक रूपमा पार्टीमा सक्रिय नभएर सैद्धान्तिक, वैचारिक र लेखन कार्यमा सक्रिय हुने बताउनुभयो । तत्कालीन माओवादी जनयुद्धमा नेतृत्व तहमै रहेका बाबुराम नयाँ शक्ति, मधेशकेन्द्रित दल हुँदै प्रलोपाको संरक्षक हुनुभएको थियो । प्रलोपाले तत्काल महाधिवेशन गरेर विचार मिल्ने पार्टीसँग एकता गरेर जाने निर्णय गरेको छ ।

  himalayanvoice.com | २५ बैशाख २०८३, शुक्रबार २२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online