ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सांसदहरूले संसद अवरोध गरे पछि बिहीबारसम्म बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक सुचारु बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोलप्रसाद अर्यालले बिहीबार बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

दुई पटक स्थगित भएर पुनः सुचारु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध गरेका थिए । भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने सभामुख अर्यालले बैठकलाई जानकारी गराए ।

प्रतिपक्षी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरूले सामुहिकरूपमा विरोध जारी राखेका थिए ।

 

  himalayanvoice.com | ३० बैशाख २०८३, बुधबार ०९:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online