काठमाडौँ। डा. अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ । ‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्बममा गीत गाउनुभएकी शाक्यको यो पछिल्लो म्युजिक भिडियो हो ।
यो गीतका शब्द राजी किपूका हुन भने यस्मा सङ्गीत हरि सायमीले भरेका छन् । यो गीत स्ट्रिङ रेकडिङ स्टुडियोले उत्पादन गरेको हो। आजभन्दा करिब २३ वर्षअघि ‘शिरीष’ एल्बम निकाल्नु भएकी शाक्य त्यसपछि भने विद्यावारिधिको तयारी र व्यावसायिक काममा बढी व्यस्त रहदै आएकी थिइन् ।
गीत–सङ्गीतको यात्राबाट टाढा रहेको करिब २३ वर्षपछि अर्थात केही महिनाअघि मात्र पनि उहाँको ‘मेरो गीतभित्र’ म्युजिक भिडियो सार्वजनिक भएको थियो ।
इजरालयलका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्किएपछि पुनः गीत–सङ्गीतको क्षेत्रमा फर्किने योजना बनाउनुभएकी शाक्य पछिल्लो समय एकपछि अर्को गर्दै गीत–सङ्गीतको यात्रालाई अघि बढाउँदै आएकी छिन ।
यसअघिको म्युजिक भिडियोमा कलाकार सरोज खनाल र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय तथा सङ्गीत डा. अन्जान र इन्जिनियर सञ्जय शाक्यको रहेको थियो । देवकुमार श्रेष्ठले निर्देशन गर्नुभएको उक्त गीतलाई स्रोताले मन पराएपछि आफूले फेरि नयाँ गीत ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ ल्याएको जानकारी दिए ।
नयाँ म्युजिक भिडियोमा पछिल्लो समय बढ्दै गएको एआइको प्रयोगलाई समेत भरपुर उपयोग गरेको शाक्यले जानकारी दिनुभयो । म्युजिक भिडियोमा बालापनदेखिको अवोध प्रेम नै ठुलो भएपछि सफलतामा परिणत भएको कथालाई गीतका माध्ययमबाट देखाउन खोजिएको छ । गीतको शब्दहरूको भावले पनि त्यसैलाई प्रतिनिधित्व गरेका छन् ।
शब्दमा बाल्यकालदेखिको अवोध प्रेम प्रकाशको किरण बनेर छाइदिन र जुनी–जुनीसम्म वसन्तयामजस्तै अर्थात मधुमास बनेर रहिरहोस् भन्ने अपील गीतमा देखिन्छ । भिडियोमा पनि गीतका शब्दलाई न्याय हुनेगरी संयोजन गरेको देखिन्छ । म्युजिक भिडियोमा एआईको प्रयोग रावी शाक्यले गरेको भन्दै गायिका शाक्यले पोस्टरमा पनि एआई प्रविधिको प्रयोग गरेको जानकारी दिए ।
प्रतिक्रिया