ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

कन्ट्र्याक्ट अफेयरको कथा

--मोमिला

तिमीसॅंग-
मेरो कन्ट्र्याक्ट अफेयर प्रारम्भ भएको दिन
मैले तिमीलाई-
ढोकाको कलशमा आँखा जडेर स्वागत गरें
आज हाम्रो सहयात्राको अन्तिम दिन
मैले तिमीलाई-
उही ढोकाको सॅंघारमा मुटु बिच्छ्याएर बिदाइ गरें

लागिरह्यो….
कसरी तिमीले
मेरो मुटु कुल्चेर हिॅंड्न सक्यौ होला !

कुनै बेला-
आँखाको बाटो भएर हृदयमा पस्न खोज्दा
यो हृदयले तिमीलाई बारबार हात छेकिरह्यो
आज त्यही ढोकाबाट निस्केर मेरा आँखाबाट तिमी ओझेल पर्दा
तिमीलाई हातले मात्र बिदाइ गर्न सक्यो

लागिरह्यो-
अन द स्पट बाँचिने जिन्दगी
केवल प्रयोग मात्र हो त !
यतिखेर-
कोठाका दराजमा तिम्रा यादहरू
कतै लुगाझैं पट्टिएर बसेका छन्
कतै पुस्तक ऱ्याकमा तिम्रा यादहरू
पुस्तकझैं किनारमात्र देखिएर सजिएका छन्

लागिरह्यो-
जिन्दगीको दराजमा यादहरू
कहिलेसम्म खात लागेर बस्न सक्लान् !

जब यो मन नै केन्द्रबिन्दु भएर
मेरो संसारमा भूकम्प जान्छ;
तब कोठाका दराज र ऱ्याकहरूबाट यादहरू
एक एक गर्दै भुइॅंभरि असरल्ल पोखिॅंदै जान्छ

लाग्यो-
म त आफ्नै यादहरू पनि
कतै सपक्क थन्क्याउन नसक्ने भएछु
र आज भुइॅंभरि असरल्ल यादहरू
खुला आकाशमा स्वतन्त्र उड्न सकून् भनी
उल्ट्याएर भुइॅंलाई नै आकाश बनाइदिएकी छु…

हेलो जिन्दगी !
यतिखेर यादहरू पनि यति सुन्दर बनेका छन् कि
अब मसित रित्तो आकाश मात्र होइन
यादहरूसॅंगै ताराहरूको बरियात पनि हुने छन् !!

हेप्पी जिन्दगी टु मी !
हेप्पी एक्जिस्टेन्स टु मी !!

  himalayanvoice.com | १ जेष्ठ २०८३, शुक्रबार २३:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online