ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको बताएको छ । 

महाशाखाका अनुसार आज शनिबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ र गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

आइतबार कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ ।

भोलि र पर्सी मधेश र कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

  himalayanvoice.com | २ जेष्ठ २०८३, शनिबार ०९:४६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online