ट्रेण्डिङ्ग:
|बर्दिबासमा वन कार्यालयको गाडीमा आगजनी, बीपी राजमार्ग अवरुद्ध|प्रतिनिधिसभाको बैठक बस्दै|विश्वकप फुटबल–२०२६ : अमेरिका रहेको समूह ‘डी’ मा सबैको चासो|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर|आज पहाडमा वर्षा, तराईमा तातो हावा|ट्रम्प भन्छन् इरान सम्झौतामा अब्राहम सम्झौतामा सामेल हुने थप देशहरू पनि समावेश हुनुपर्छ|क्यालिफोर्नियामा विनाशकारी रासायनिक ट्याङ्की विस्फोटको जोखिम हटेको अधिकारीहरूको दावी|गार्डेन ग्रोभमा भएको रासायनिक घटनासँग सम्बन्धित क्यालिफोर्नियाको अनुरोधमा राष्ट्रपति ट्रंपद्वारा आपतकालीन घोषणा|२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो|युएससीआईएसले असाधारण परिस्थितिमा मात्र अमेरिकाबाट ‘ग्रीनकार्ड आवेदन’ स्वीकार गर्ने

बर्दिबासमा वन कार्यालयको गाडीमा आगजनी, बीपी राजमार्ग अवरुद्ध वन क्षेत्रमा रहेको बस्ती हटाउन पुगेका वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर सोमबार साँझदेखि बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी स्थित बीपी राजमार्गमा जिल्ला वन कार्यालयको गाडीमा आगजनी गरिएको छ । जिल्ला वन कार्यालयका कर्मचारी सवार बा २ झ २७४९ नम्बरको गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

सोमबार कालापानी क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना टाँस गर्न पुगेका जिल्ला वन कार्यालय महोत्तरीका कर्मचारी सवार गाडीमा स्थानीयले गएराति प्रदर्शनका क्रममा आगजनी गरेका हुन् ।

वन क्षेत्रमा रहेको बस्ती हटाउन पुगेका वन कार्यालयका कर्मचारीलाई स्थानीयले नियन्त्रणमा लिएर सोमबार साँझदेखि बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र बनेपछि गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

वन कार्यालयका कर्मचारीलाई भने प्रहरीले उद्धार गरेको जनाएको छ । स्थानीयको प्रदर्शनका कारण अहिले पनि बीपी राजमार्ग अवरुद्ध रहेको स्थानीय रोशन कार्कीले जानकारी दिनुभयो ।

  himalayanvoice.com | ११ जेष्ठ २०८३, सोमबार २२:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online