ट्रेण्डिङ्ग:
|हिरासतमा रहेका आप्रवासीहरूका लागि ट्रम्पको नो-बन्धन नीति वाशिंगटनको टाकोमामा वर्षौंदेखि लागू|कपिलवस्तुमा मङ्गलबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा ३८ जना घाइते|अमेरिकी सेनाले इरानमा ‘आत्मरक्षा’को लागि क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा आक्रमण गरेको दाबी|बर्दिबासमा वन कार्यालयको गाडीमा आगजनी, बीपी राजमार्ग अवरुद्ध|प्रतिनिधिसभाको बैठक बस्दै|विश्वकप फुटबल–२०२६ : अमेरिका रहेको समूह ‘डी’ मा सबैको चासो|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर|आज पहाडमा वर्षा, तराईमा तातो हावा|ट्रम्प भन्छन् इरान सम्झौतामा अब्राहम सम्झौतामा सामेल हुने थप देशहरू पनि समावेश हुनुपर्छ|क्यालिफोर्नियामा विनाशकारी रासायनिक ट्याङ्की विस्फोटको जोखिम हटेको अधिकारीहरूको दावी

कपिलवस्तुमा मङ्गलबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा ३८ जना घाइते

कपिलवस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस बिहान करिब ३ः५५ बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल कपिलवस्तुमा उपचार गरिएको र थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ ।

बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढा लगायत यात्रुहरू घाइते भएका छन् । गम्भीर घाइतेहरूमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन् ।

प्रहरीका अनुसार १२ जना घाइतेलाई प्रहरीको गाडीमार्फत र अन्यलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो । पछि सबै घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  himalayanvoice.com | १२ जेष्ठ २०८३, मंगलवार ०३:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online