ट्रेण्डिङ्ग:

भारतबाट ४५३ नेपालीको उद्धार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत लगेर बन्धक बनाइएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

रुपन्देही । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ ।

भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो । रूपन्देहीको प्रहरी प्रमुख (एसपी) जनकबहादुर शाहीका अनुसार भारतीय राजदूतावासको समन्वय तथा एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएको हो ।

उद्धार गरिएका ४ सय ५३ नेपालीमध्ये कति जना पीडित र कति जना पीडक हुन भनेर छुट्याउन शनिबार दिउँसोबाट छानबिन थालिएको छ । उद्धार गरिएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ । उनीहरुलाई आठवटा भारतीय बसमा ल्याइएको हो । सबैजनाको विवरण सङ्कलन तथा स्क्रिनिङ गरिएको प्रहरीले जनाएको छ ।

कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा एक हजार युवायुवतीलाई लगेर बन्दी बनाइएको सूचना प्राप्त गरेको शाहीले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत लगेर बन्धक बनाइएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।

कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरू गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

जागिरको प्रलोभनमा त्यहाँ लगिएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तारमा लगाउने गरेको पाइएको छ ।

  himalayanvoice.com | १६ जेष्ठ २०८३, शनिबार ११:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online