ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

इलाममा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो । असोज २० गते इलाममा थप एक जनाको शव फेला परेको थियो ।

इलाम । इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुट्टको शव फेला परेसँगै मृतकको सङ्ख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङ असोज १८ गतेदेखि बेपत्ता हुनुभएको थियो । स्थानीय खोलाले बगाएको करिब चार सय मिटर तल मङ्गलबार उहाँको शव फेला परेको छ ।

इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो । असोज २० गते इलाममा थप एक जनाको शव फेला परेको थियो ।

इलाम नगरपालिका ६ का महेन्द्र लिम्बू अझै बेपत्ता हुनुहुन्छ । जिल्लाका सबै ठाउँमा सडक अवरुद्ध छ । जिल्लाका दुरदराजमा गर्भवती र बिरामीको बिचल्ली भएको छ ।

बिचल्ली भएकालाई लिन गएको नेपाली सेनाको हेलिकाेप्टर समेत अवतरण गर्न सकेको छैन । प्रतिकुल मौसमका कारण उद्धारमा कठिनाई भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभएको छ । स्थानीय पालिकाले सडक खुलाउनका लागि सबै ठाउँमा काम गरिरहेका छन् ।

  himalayanvoice.com | २१ आश्विन २०८२, मंगलवार १२:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online