ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

तीन दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।

निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहित तीन वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूचि पेश गरेका छन् । ती तीन दलले जम्मा १३४ जनाको बन्दसूची आयोगमा बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार आइतबार र सोमबार बन्दसूची पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकतर्फको बन्दसूची पेश गर्ने काम दुई चरणमा गरिरहेको उहाँले बताउनुभयो । पहिलो चरणमा सम्बन्धित राजनीतिक दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको नाम मतदाता नामावलीमा रहे–नरहेको यकिन गरी निस्सा उपलब्ध गराइने र निस्सा लिएपछि बन्दसूची दर्ता गरिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सेवा प्रवाहका लागि आवश्यक स्रोत–साधनको सबै प्रबन्ध मिलाइएको बताउँदै निर्वाचन आयोगको व्यस्त कार्यतालिकाका कारण बन्दसूची पेश गर्ने समय थप हुन नसक्ने स्पष्ट पार्नुभयो ।

सोमबार साँझ ६ बजेसम्म आउने दलहरूलाई सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “निर्वाचन आयोगको समानुपातिकतर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पुस १३ र १४ गते दुई दिन बन्दसूची पेश गर्ने समय तोकिएको छ । आज यस समयसम्म तीनवटा राजनीतिक दलबाट जम्मा १३४ जनाको बन्दसूची भेरिफाइ भइसकेको छ । निस्सा लिएर बन्दसूची पेश गर्ने चरणमा उहाँहरू हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै दलहरू आइपुग्ने अनुमानसहित हामी सेवा प्रवाहका लागि तयारी अवस्थामा रहेका छौँ ।”

उहाँले कानुनी व्यवस्थाअनुसार विभिन्न समूहहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी दलहरूले नामावली पठाउने विश्वास व्यक्त गर्नुभयो । यसका लागि आयोगले राजनीतिक दलहरूलाई अभिमुखीकरणसमेत गरिसकेको उहाँको भनाइ छ ।

आयोगले बन्दसूचीमा संशोधन गर्नुपर्ने भएमा पुस २१ देखि २७ गतेसम्म समय दिने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको जनाएको छ ।

प्रवक्ता भट्टराईका अनुसार पुस १५ देखि २० गतेसम्म नामावली भेरिफाइ गरी कानुनअनुसार मिले–नमिलेको परीक्षण गरिने र मिलाउनुपर्ने भएमा पुस २० गते सूचना दिइने छ ।

  himalayanvoice.com | १३ पुष २०८२, आईतवार १५:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online