ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

तीन दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।

निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहित तीन वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूचि पेश गरेका छन् । ती तीन दलले जम्मा १३४ जनाको बन्दसूची आयोगमा बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार आइतबार र सोमबार बन्दसूची पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकतर्फको बन्दसूची पेश गर्ने काम दुई चरणमा गरिरहेको उहाँले बताउनुभयो । पहिलो चरणमा सम्बन्धित राजनीतिक दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको नाम मतदाता नामावलीमा रहे–नरहेको यकिन गरी निस्सा उपलब्ध गराइने र निस्सा लिएपछि बन्दसूची दर्ता गरिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सेवा प्रवाहका लागि आवश्यक स्रोत–साधनको सबै प्रबन्ध मिलाइएको बताउँदै निर्वाचन आयोगको व्यस्त कार्यतालिकाका कारण बन्दसूची पेश गर्ने समय थप हुन नसक्ने स्पष्ट पार्नुभयो ।

सोमबार साँझ ६ बजेसम्म आउने दलहरूलाई सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “निर्वाचन आयोगको समानुपातिकतर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पुस १३ र १४ गते दुई दिन बन्दसूची पेश गर्ने समय तोकिएको छ । आज यस समयसम्म तीनवटा राजनीतिक दलबाट जम्मा १३४ जनाको बन्दसूची भेरिफाइ भइसकेको छ । निस्सा लिएर बन्दसूची पेश गर्ने चरणमा उहाँहरू हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै दलहरू आइपुग्ने अनुमानसहित हामी सेवा प्रवाहका लागि तयारी अवस्थामा रहेका छौँ ।”

उहाँले कानुनी व्यवस्थाअनुसार विभिन्न समूहहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी दलहरूले नामावली पठाउने विश्वास व्यक्त गर्नुभयो । यसका लागि आयोगले राजनीतिक दलहरूलाई अभिमुखीकरणसमेत गरिसकेको उहाँको भनाइ छ ।

आयोगले बन्दसूचीमा संशोधन गर्नुपर्ने भएमा पुस २१ देखि २७ गतेसम्म समय दिने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको जनाएको छ ।

प्रवक्ता भट्टराईका अनुसार पुस १५ देखि २० गतेसम्म नामावली भेरिफाइ गरी कानुनअनुसार मिले–नमिलेको परीक्षण गरिने र मिलाउनुपर्ने भएमा पुस २० गते सूचना दिइने छ ।

  himalayanvoice.com | १३ पुष २०८२, आईतवार १५:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online