ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

शालीनदीमा स्वस्थानीका व्रतालुको घुइँचो 

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी ब्रतका लागि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।

एक महिनासम्म चल्ने स्वस्थानी ब्रत अवधिभर शालीनदीमा ब्रतालुहरुको घुइँचो लाग्ने गर्दछ । परापूर्वकालदेखि नै धार्मिक इतिहास बोकेको शालीनदीमा देशका विभिन्न स्थान र छिमेकी राष्ट्र भारतबाट समेत हिन्दु धर्मावलम्बीहरु स्नान गर्न आउने गर्दछन् ।

स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार विवाहिता महिलाले एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधाना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । एक महिनासम्म श्री स्वस्थानी व्रत कथा श्रवण गरे मात्रै पनि शुभ फल प्राप्त हुने विश्वास गरिन्छ ।

स्वस्थानी ब्रतकथासँग जोडिएको शालीनदीमा हरेक वर्ष एक महिनासम्म मेला लाग्दछ । पूर्वी काठमाडौँको साँखुस्थित शाली नदीमा मेला भर्न किशोर, किशोरी, बालक, वृद्ध र सन्तमहन्तहरुको समेत भीड लाग्ने गरेको छ ।

  himalayanvoice.com | १८ पुष २०८२, शुक्रबार २३:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online