ट्रेण्डिङ्ग:
|नेपालका सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानलाई सघाउन लन्डनमा च्यारिटी शो|अमेरिका र इरान युद्धविराम वार्ताको लागि पाकिस्तान फर्कने संकेत|कथाकृति ‘जङ्गबहादुर पनि हाँस्छ ?’ लोकार्पण|सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ|अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेट|सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त|अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने|योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानहरूलाई प्रभावकारी बनाइने |प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामुखलाई हस्तान्तरण|धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन 

निर्वाचनविरोधी गतिविधिमा सङ्लग्न एकसय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार निर्वाचन विरोधी अभिव्यक्ति दिने, भेला, जम्मा गर्ने, पर्चा, पम्पलेट बाँड्ने लगायतका गतिविधिमा सङ्लग्न व्यक्तिहरू पक्राउ परेका छन् । यसमध्ये सामाजिक सञ्जालको दुरुपयोग गर्ने ३४ जना पक्राउ परेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,“३४ जनासामाजिक सञ्जालको दुरुपयोग गर्ने छन् । निर्वाचन विरोधी गतिविधि गर्ने, भेला, जम्मा हुने, पर्चा, पम्पलेट बाँड्ने, राँके जुलुस गर्ने, आतङ्कित गर्ने र मनोवैज्ञानिक त्रास फैलाउने एक सय ६० जना पक्राउ परेका छन् ।”

उहाँले मतदान नागरिकको संवैधानिक अधिकार भएकोले त्यसमा अवरोध पुर्‍याउन खोज्नेलाई पक्राउ गरिएको बताउनुभयो ।

  himalayanvoice.com | २० फाल्गुन २०८२, बुधबार ११:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online