ट्रेण्डिङ्ग:
|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन|प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ: बेलायती मन्त्री मल्होत्रा

राजनीतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ सङ्गठनको सदस्यता नलिन र राजनीतिक गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने चेतावनी दिएको हो।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ङ) मा कर्मचारीले राजनीतिमा भाग लिएमा बर्खास्त गर्न सकिने व्यवस्था रहेको छ। प्रचलित कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको उल्लेख गर्दै मन्त्रालयले कर्मचारीलाई आचरण र अनुशासनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

कुनै पनि कर्मचारी राजनीतिक दल, दलका भ्रातृ सङ्गठन वा जनवर्गीय सङ्गठनसँग आबद्ध भई सदस्यता लिएको, राजनीतिक क्रियाकलापमा संलग्न भएको वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले प्रष्ट पारेको छ। निजामती सेवाको तटस्थता र विश्वसनीयता कायम राख्न यो सूचना जारी गरिएको मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले जानकारी दिए।

  himalayanvoice.com | ३० बैशाख २०८३, बुधबार ०९:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online