ट्रेण्डिङ्ग:
|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन|प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ: बेलायती मन्त्री मल्होत्रा

दल बहादुर र सुनमायाले जिते छैटौँ रारा ट्रेल रनको उपाधि

जुम्ला  । छैटौँ रारा ट्रेलरनको उपाधि जुम्लाका धावक दलबहादुर कुवंर र सुनमाया बुढाले जीतेका छन् । 

पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका वडा नं.७ का दल बहादुर कुँवर र महिलातर्फ जुम्लाकै पातरासी गाउँपालिका–२ की सुनमाया बुढाले रारा ट्रेलरनको उपाधि जितेका हुन् ।

रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले ६ वर्षदेखि निरन्तर मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो वर्ष पनि नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार भएको रारा ट्रेल रनको छैटौँ संस्करण १६ किलोमिटरमा महिला तर्फ ४९ र पुरुष ३ सय १२ जना र एक जना विदेशी नागरिक सहित गरेर ३ सय ६१ जनाले सहभागी थिए ।

तीन सय ११ जना धावकलाई पछि पार्दै जुम्ला तातोपानी गाउँपालिका ७ का दल बहादुर कुवंर रारा ट्रेलरनको पहिले बनेका हुन् । उनले १६ किलोमिटरको दुरी एक घण्टा १५ सेकेन्डमा पार गरे । जुम्ला कनकासुन्दरी गाउँपालिका ३ का युवक राज बुढा १ घण्टा १ मिनेट ९ सेकेण्ड दोस्रो र मुगुको छायाँनाथ रारा नगरपालिका –१४ बाम गाउँका अक्कल बढुवालले १ घण्टा ३ मिनेट ५५ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।

महिला तर्फका ४९ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासि गाउँपालिका २ कि सुन माया बुढा प्रथम भइन् । उनले १६ किलोमीटर दुरी निर्धारित १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पार गरि प्रथम भइन् । जुम्ला पातारासी गाउँपालिका– २ कि राम मामया बुढाले १ घण्टा १५ मिनेट १ सेकेण्ड द्वितीय र डोल्पा जिल्ला त्रिभुवन आर्मी कि सुनसरी रोकाया १ घण्टा १७ मिनेट २८ सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन् ।

ट्रेल रनमा प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरूलाई जनही क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको छ ।

  himalayanvoice.com | ३० बैशाख २०८३, बुधबार ०९:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online