ट्रेण्डिङ्ग:
|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन|प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ: बेलायती मन्त्री मल्होत्रा

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक चार दशमलव १५ अङ्कले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अङ्कले ओरालो लागेर ४६७ दशमलव ५५ मा सीमित भएको छ । कूल ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपियाँमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी, साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा छ ।

यस्तै, एसियन हाइड्रोपावर, एसवाई प्यानल, हिमालयन बैँकको बन्ड, एनआइसी एशिया ग्रोथ फन्ड दोस्रो र सेञ्चुरी डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् । यस्तै, धौलागिरि लघुवित्त, झापा इनर्जी, सिटिजन बैँकको ऋणपत्र, रिज लाइन इनर्जी र आरबिबी फोकस–४० का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । रासस

  himalayanvoice.com | ३० बैशाख २०८३, बुधबार ०९:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online