ट्रेण्डिङ्ग:
|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन|प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ: बेलायती मन्त्री मल्होत्रा

‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’

मोरङ । पछिल्लो समय युवाहरू रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११, लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय बनिरहुनुभएको छ ।

वैदेशिक रोजगारीमा नगई २५ वर्षीय राजा पुर्ख्यौली पेसाबाटै दैनिक दुई हजारभन्दा धेरै स्वदेशमै आम्दानी गरिरहनुभएको छ । सुनसरीको दुहबी नगरपालिका–७, भलुवाका २५ वर्षीय राजा ठाकुर विगत ८ वर्षदेखि कपाल काट्ने (हजाम) पेसामा सक्रिय हुनुहुन्छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि एसएलसी उत्तीर्णलगत्तै आफूले यो पेसा अङ्गालेको राजा ठाकुर बताउनुहुन्छ । बुबा रञ्जित ठाकुर र हजुरबुवाबाट गाउँमै यो सिप सिकेका राजाले अहिले यसैलाई आफ्नो जीविकोपार्जनको मुख्य आधार बनाउनुभएको छ ।

आर्थिक अभावका कारण बिचमै पढाइ छाड्न बाध्य बन्नुुभएका राजामा पढ्ने इच्छा भने मरेको थिएन । त्यसैले ८ वर्षको अन्तरालपछि उहाँले पुनः शिक्षा हासिल गर्ने अठोट गर्नुभयो ।

हालै उहाँले बेलबारी–११ स्थित रहेको लक्ष्मी माध्यमिक विद्यालयमा शिक्षा सङ्कायबाट कक्षा १२ को परीक्षा दिनुभएको छ । दिनभर कैँची र काइँयोसँग खेल्ने राजा बिहान–बेलुका भने आफ्नो शैक्षिक भविष्य सुधार्न व्यस्त रहनुहुन्छ ।

हाल मोरङको बेलबारी–११ स्थित मामा शिवनाथ ठाकुरको सैलुनमा काम गरिरहेका राजाले यस पेसाबाट सम्मानजनक आम्दानी गरिरहेको बताउनुहुन्छ ।

“दैनिक एक हजार ५०० देखि दुई हजार ५०० सम्म कमाइ हुन्छ”, उहाँ भन्नुहुन्छ, “आफ्नै माटोमा पसिना बगाउन सके विदेशमा भन्दा राम्रो कमाइ यहीँ सम्भव छ ।”

उहाँले आफू मात्र कमाउनुहुन्न, आफ्ना तीन जना साथीलाई पनि यही पेसा सिकाउँदै रोजगारीको अवसर दिनुभएको छ । चार जनाको परिवार (बुवा, आमा, बहिनी र आफू) को जिम्मेवारी सम्हाली रहनुभएका उहाँलाई आफ्नो काममा गर्व छ ।

धेरै युवा साथी राहदानी बोकेर म्यानपावर धाइरहेका बेला राजाको सोच भने फरक छ ।उहाँ भन्नुहुन्छ, “म विदेश जान्नँ, बरु यही पेसालाई थप आधुनिक बनाएर स्वदेशमै केही गर्ने ऊर्जाका साथ अघि बढिरहेको छु ।”

पुर्ख्याैली पेसालाई लाजको विषय नबनाई सिप र मिहिनेत गर्ने हो भने आर्थिक समृद्धिका लागि विदेशिनु पर्दैन भन्ने गतिलो सन्देश राजा ठाकुरले दिनुभएको बेलबारी उद्योग वाणिज्य सङ्घका सचिव रूपेश श्रेष्ठ बताउनुहुन्छ । रासस

  himalayanvoice.com | २ जेष्ठ २०८३, शनिबार ०९:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online