ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले समुदायमा भ्रम र चिन्ता उत्पन्न|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

गायक कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक, जुना र प्रदीपको अभिनय

काठमाडौँ । गायक कृष्ण बिक र गायिका दीपिका बायम्बु मगरको स्वर रहेको ‘ढल्की ढल्की’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतका भिडियोमार्फत दर्शकको मन जित्न सफल गायक कृष्णले यस पटक छमछम नचाउने शैलीको गीत बजारमा ल्याउनुभएको हो ।

यस गीतको भिडियोमा चर्चित अभिनेत्री जुना सुन्दास र अभिनेता एवं निर्देशक प्रदीप लामाले अभिनय गर्नुभएको छ । दिनेशचन्द्र थपलियाको शब्द सिर्जना रहेको यस गीतमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत रहेको छ ।

एक प्रेमी जोडीको रोमान्टिक र रमाइलो प्रेम कहानीलाई निर्देशक प्रदीप लामाले कलात्मक शैलीमा भिडियोमार्फत प्रस्तुत गर्नुभएको छ । प्रदीपकै कोरियोग्राफी र अवधारणा (कन्सेप्ट) मा तयार भएको गीतको भिडियोमा अभिनेत्री जुना गज्जबसँग खुल्नुभएको छ भने प्रदीपले दमदार नृत्य प्रस्तुत गर्नुभएको छ । कृष्ण थापाको छायाङ्कन र सम्पादन रहेको ‘ढल्की ढल्की’ को भिडियो ‘गायक कृष्ण बिक अफिसियल’ युट्युब च्यानलबाट बजारमा आएको हो ।

डेढ दशकभन्दा बढी समयदेखि नेपाली सुगम तथा लोक सङ्गीत क्षेत्रमा सक्रिय गायक कृष्णका यसअघि ‘आँखा मार्ने’, ‘रातो टिकी’, ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’, ‘यानि माया’, ‘रानी माया’, ‘राधा पियारी’ र ‘नीरमाया’ सहित दुई दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् । तीमध्ये उहाँका अधिकांश गीत श्रोता र दर्शकमाझ निकै लोकप्रिय छन् ।

  himalayanvoice.com | ८ जेष्ठ २०८३, शुक्रबार १०:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online