ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले समुदायमा भ्रम र चिन्ता उत्पन्न|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

इबोला सङ्क्रमीत मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

लस एन्जलस । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी )ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दा (ग्रीन कार्ड धारक )लगायतका अमेरिका प्रवेश गर्ने मानिसलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेश प्रतिबन्ध लागु हुने जनाएको छ ।

विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मावन स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम  नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगको विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशन संशोधनसमेत गरेको छ । नयाँ नियम अन्तरगत, विगत २१ दिनभित्रको समयमा कङ्गो, युगान्डा, वा दक्षिण सुडानमा रहेका मानिसलाई अस्थायीरूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइने छ ।

एजेन्सीका अनुसार हाल यस हप्ताको सुरुमा घोषणा गरिएको इबोला प्रकोपसँग सम्बन्धित प्रवेश प्रतिबन्धको दायरा विस्तार गरेको हो । सोमबार, सीडीसीले सार्वजनिक स्वास्थ्य संरक्षणार्थ ३०–दिनको प्रतिवन्द प्याकेजको अनावरण गरेको थियो जसमा यात्री स्क्रिनि र अनुगमनलाई सुदृढ पार्दै, केही गैर अमेरिकीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

नयाँ नियमले स्थायीरूपमा अमेरिका बसोबास गर्ने कार्ड भएकालाईसमेत अमेरिका फर्कन पूर्णरुपमा निषेध गरेको जनाइएको छ । सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र आपतकालीन प्रतिक्रिया स्रोत व्यवस्थापन गर्न आवश्यक उल्लेख गर्दै अस्थायीरूपमा प्रवेश प्रतिबन्ध गर्ने अधिकार एजेन्सीलाई प्रदान गरेको जनाइएको छ । सीडीसीका अनुसार संयुक्त राज्य अमेरिकामा हालसम्म इबोला प्रकोपसँग सम्बन्धित कुनै घटना रिपोर्ट गरिएको छैन, भने आम जनताका लागि तत्काल जोखिम कम रहेको जनाइएको छ ।

  himalayanvoice.com | ९ जेष्ठ २०८३, शनिबार ०८:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online