सकिन पाखा लाग्न आँसुको दहबाट
मैन झैँ पग्लने मन कसरी बुझाऊँ आज ?
सकिन पाखा लाग्न….
सपना थियो सगर चुम्ने
म त खाल्डोमै परेछु
उठ्छु भन्दाभन्दै
प्रत्येक पल्ट लडेछु
सकिनँ पाखा लाग्न….
छैनन् हात थाम्ने कोही
छैनन् आड दिई उठाउने
टुक्रा टुक्रा भई फुट्दा
छैनन् कोही जुटाउने
सकिनँ पाखा लाग्न…
छन् खुट्टा तान्नेहरू
छन् छिर्के लगाउने
छैनन् घाउ दुख्दा
स्नेहका फूल बर्साउने
सकिनँ पाखा लाग्न…
प्रतिक्रिया