ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले समुदायमा भ्रम र चिन्ता उत्पन्न|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप

काठमाडौँ । विश्वकप स्पेनी गृहयुद्ध, नाजी जर्मनीले अस्ट्रियामाथि कब्जा गरेको, इटालीमा मुसोलिनीका विद्रोही क्रियाकलाप तथा उरुग्वेको जारी बहिष्कारको छायामा सन् १९३८ मा विश्वकपको तेस्रो संस्करणको आयोजना भएको थियो ।

दुई वर्ष पहिले फ्रान्सलाई प्रतियोगिता आयोजकका रूपमा चयन गरिएको थियो तर दक्षिण अमेरिकी फुटबल शक्ति राष्ट्रहरू अर्जेन्टिना र उरुग्वेले प्रतियोगिता वहिष्कार गर्ने घोषणा गरे । पहिलो विश्वकपका विजेता र उपविजेताको जिकिर थियो, दक्षिण अमेरिका र युरोपमा प्रतियोगिता आयोजना पालैपालो हुनुपर्दछ ।  उरुग्वे र अर्जेन्टिनाले विवाद झिके पनि ब्राजिल र क्युबाले सहभागिता जनाएर अमेरिकी क्षेत्रको प्रतिनिधित्व गरे ।

तेस्रो विश्वकपको समयमा युरोपमा राजनीतिक उथलपुथल व्यापक थियो र अनिश्चितताका बादल मडारिरहेका थिए । जर्मनीका नाजी शासक एडोल्फ हिटलरले नाजीवादको प्रचार गर्न दुई वर्षअघि नै बर्लिनमा ओलम्पिक आयोजना गर्नुले आफ्नो राजनीतिक विचारधाराको विस्तारका लागि खेलकुदलाई माध्यम बनाउनमा उहाँ नचुक्ने स्पष्ट अनुमान गर्न सकिन्थ्यो ।

तेस्रो विश्वकप आयोजना गर्ने अवसर फ्रान्सले पायो तर सो समय बलियो टिमका रूपमा कहलिएको अस्ट्रियाको सहभागिता भएन । जर्मनीले हमला गरेपछि अस्ट्रियाले विश्वकपमा भाग लिन नसकेको हो । विश्वकपमा अर्को हेर्नलायक टिम स्पेनको पनि अनुपस्थिति रह्यो । स्पेन गृहयुद्धको चपेटामा थियो । फुटबलको शक्ति राष्ट्र इङ्ग्ल्यान्ड पनि फिफासँगको झगडाले विश्वकपमा देखिएन ।

दक्षिण अमेरिकाका तर्फबाट ब्राजिलले मात्र सहभागिता जनायो । सन् १९३४ मा इटालीले विश्वकप आयोजना गर्ने अधिकार पाएपछि फेरि युरोपमै फुटबल महाकुम्भ हुने निर्णयले दक्षिण अमेरिकी राष्ट्रहरू चिढिएका थिए । यस विश्वकपमा एसियाले पनि पहिलो पटक सहभागिता जनाउने अवसर पायो । इन्डोनेसियाले डच इस्ट इन्डिजको नाममा विश्वकप फुटबल खेल्यो तर पहिलो चरणमै हङ्गेरीसँग ६–० ले हारेर इन्डोनेसिया चाँडै घर फक्र्यो ।

भिटोरियो पोजोको प्रशिक्षकत्वमा रहेको इटालीले लगातार दोस्रो पटक विश्वकप ट्रफी जित्यो । कोलम्बसमा भएको फाइनल खेलमा इटालीले हङ्गेरीलाई ४–२ ले हराएको थियो । यसअघि इटालीले सेमिफाइनलमा ब्राजिललाई २–१ ले पाखा लगाएको थियो । हङ्गेरीले सेमिफाइनलमा ३० सेकेन्डमै गोल खाए पनि स्विडेनलाई ५–१ ले सजिलै हरायो ।

इटालीका कप्तान ग्युसेपी मिएजा स्टार खेलाडी बन्नुभयो । प्रतियोगितामा कालो मोती ‘ब्लाक डायमन्ड’ भनिएका लियोनिडास डा सिल्भाले सर्वाधिक आठ गोल गर्नुभएको थियो । पोल्यान्डलाई ६–५ गोल अन्तरले हराएको खेलमा डा सिल्भाले चार गोल गर्नुभएको थियो ।

  himalayanvoice.com | ९ जेष्ठ २०८३, शनिबार २२:३९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online