ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरेको छ । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन तयारी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ ।

स्वीकृत कार्यतालिकाअनुसार यही जेठ १५ गतेसम्म ७७ जिल्ला तथा सात प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ ।

यस्तै यही जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन सङ्कलन तथा जेठ ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस हुनेछन् ।

यस्तै जेठ २५ गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने, आगामी असार ५ गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिनुभयो ।

रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ ।

  himalayanvoice.com | १० जेष्ठ २०८३, आईतवार १०:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online