ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले समुदायमा भ्रम र चिन्ता उत्पन्न|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

सीमाविवादका कारण कर्णाली करिडोर बन्द

कालीकोट । बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ ।

यही जेठ ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय बाजुराबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै युवा क्लबले आइतबारदेखि कर्णाली करिडोर पुनः बन्द गरेको हो ।

क्लबले घटनास्थलको स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का तयार गर्न, घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न तथा स्थानीय र पर्यटकबाट लुटिएका व्यक्तिगत एवं सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

यसैगरी कुटपिटबाट घाइते भएका स्थानीयको उपचार खर्च ब्यहोर्नुपर्ने, विस्थापित परिवारलाई पुनःस्थापना गरी सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने तथा च्याचौरमा निर्माणाधीन प्रहरी चौकी भवनका नष्ट गरिएका सामग्रीको क्षतिपूर्ति उपलब्ध गराई निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने मागसहित करिडोर बन्द गरिएको हो । बन्दका कारण करिडोरमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

  himalayanvoice.com | १० जेष्ठ २०८३, आईतवार ११:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online