ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले समुदायमा भ्रम र चिन्ता उत्पन्न|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक

दाङ्ग । साहित्यकार शरद गौतमको पहिलो मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ को घोराहीमा सार्वजनिक भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आइतबार आयोजित समारोहमा साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल लगायतका अतिथिले सो सङ्ग्रहको संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

विमोचित कृतिको समीक्षा गर्दै साहित्यकार डा. हिमलाल पन्थीले भावना, लय एवं वर्णविन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताए । उहाँले सङ्ग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै समाज सुधारका निम्ति मुक्तकका माध्यमबाट ओजपूर्ण सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । जन्मभूमिप्रतिको प्रेम, सरल भाषाशैली र प्रभावकारी प्रस्तुति सङ्ग्रहका मुख्य विशेषता रहेको चर्चा गर्दै डा. पन्थीले यसभित्र सामाजिक विषयवस्तुका साथै हास्य, व्यङ्ग्य र आक्रोशका विविध रङ समेटिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मजगैयाले लेखक गौतमको यो प्रथम कृति भए तापनि भाषाशैली र प्रस्तुतिका दृष्टिले निकै पठनीय रहेको बताए। नेपाल संस्कृत विश्वविद्यालयमा आबद्ध भई ३८ वर्षसम्म शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुभएका लेखक गौतमले सेवानिवृत्त पछिको समयलाई सदुपयोग गर्दै कुल दुई सय ८० वटा मुक्तक समेटेर सङ्ग्रह प्रकाशनमा ल्याएको हो ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।

  himalayanvoice.com | १० जेष्ठ २०८३, आईतवार ११:०९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online