ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले समुदायमा भ्रम र चिन्ता उत्पन्न|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य ‘सभापति गगन थापाजीसँग हाम्रा दुई अपेक्षा र अपिल छन्। पार्टीलाई बृहत्तर एकताका लागि सभापति हदैसम्म लचिलो हुनुपर्छ। लेखकले भने, ‘शेरबहादुर देउवाको लोकतन्त्र, राष्ट्रियता र विकासका लागि योगदान छ। यसमा पार्टीले ध्यान दिनुपर्छ।’

कैलाली । धनगढीमा आइतबार सम्पन्न देउवा पक्षको सुदूरपश्चिममा भेलालाई सम्बोधन गर्ने अधिकांश नेता–कार्यकर्ताहरूले पार्टी सभापति गगन थापाप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरूले कांग्रेस कमजोर हुनुको मुख्य कारण सभापति थापालाई भएको आरोप लगाएका छन् ।

कार्यक्रममा उपस्थित १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू तथा जिल्ला सभापतिहरूले १५औँ नियमित महाधिवेशनको तयारी हुँदैहुँदै विशेष महाधिवेशनमार्फत पार्टीलाई कमजोर बनाउन खोजिएको आरोप लगाएका थिए।

नेता एनपी साउदले पार्टीमा मेलमिलापका लागि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्ने जिम्मेवारी सभापति थापाको भएको बताएका थिए।

‘विशेष अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नुस्, ’ भेलाका प्रमुख अतिथि साउदले भने, ‘क्रियाशील सदस्यताका बारेमा थप विवाद नगर्नुस्। ’

क्रियाशील सदस्यले अनुशासन तोडेको भए अनुशासनको कारबाही गर्ने प्रक्रिया पार्टीको विधानले नै तय गरिसकेको भन्दै उनले सदस्यता अद्यावधिकको बखेडा अहिले झिक्न आवश्यक नभएको बताएका थिए।

विशेष अधिवेशनमा सहभागी भएका र असहमत भएकाबीच एकता र समन्वयपछि मात्रै १५औँ महाधिवेशन प्रभावकारी रूपमा आयोजना गर्न सकिने नेता साउदको भनाइ थियो।

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको बृहत्तर एकताका लागि सभापति गगन थापा लचिलो हुनुपर्ने बताएका छन्। लेखकले निवर्तमान सभापति शेरबहादुर देउवाको योगदानलाई पार्टीले ध्यान दिनुपर्ने बताए।

‘सभापति गगन थापाजीसँग हाम्रा दुई अपेक्षा र अपिल छन्। पार्टीलाई बृहत्तर एकताका लागि सभापति हदैसम्म लचिलो हुनुपर्छ। लेखकले भने, ‘शेरबहादुर देउवाको लोकतन्त्र, राष्ट्रियता र विकासका लागि योगदान छ। यसमा पार्टीले ध्यान दिनुपर्छ।’

पूर्वगृहमन्त्रीसमेत रहेका लेखकले देउवाबिना नै सुदूरपश्चिममा कार्यक्रम गर्नुपरेको बताए। पार्टी एकताबद्ध भएर अघि बढ्नु नै अहिलेको आवश्यकता रहेको लेखकको भनाइ थियो। लेखकले १५औँ महाधिवेशनको निष्पक्षता कायम हुने गरी पार्टी एकता कायम गर्नुपर्ने बताए।

‘सबैभन्दा महत्त्वपूर्ण भूमिका सभापति गगन थापाको हुन्छ भन्ने अपेक्षा गरेका छौँ। यही भेलाबाट सभापति थापालाई अपिल गर्न चाहन्छु– हदैसम्मको लचकता अपनाएर १५औँ महाधिवेशनलाई निष्पक्ष ढंगले गर्ने गरी मिलाउनुपर्छ,’ उनले भने।

पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापति थापाले संकलन गरेको भनिएको हस्ताक्षरलाई नक्कली र “टोटलको खेती”को संज्ञा दिए।

‘पार्टी कार्यालयमा आउन नसकेर होटलमा केन्द्रीय समितिको बैठक बस्ने र १३०० नक्कली हस्ताक्षर देखाएर भ्रम फैलाउने रु यस्ता मान्छेहरू आफैँ बिलाएर जान्छन्,’ उनले भने।

पार्टी र संगठन जोगाउन अन्तिमसम्म लड्नुपर्ने, भिड्नुपर्ने अवस्था रहेको उनले बताए । क्रियाशील सदस्यता अद्यावधिकको विषयमा पनि उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

‘म क्रियाशील सदस्यता अद्यावधिक गर्दिनँ, तपाईँहरू पनि नगर्नुहोस्’उनले भने । निवर्तमान केन्द्रीय सदस्य नृप ओडले टीका लगाएर सभापति बनेका गगन थापाले निर्वाचित पदाधिकारी तथा सदस्यहरूको हुर्मत लिन नहुने बताएका थिए।

‘सबैलाई मिलाएर लैजान्छु भन्नुहुन्छ, आफैँ त टीका लगाएर सभापति बन्नुभएको छ। हामीजस्तो निर्वाचन लडेर आउनुपर्‍यो नि,’ उनले भने।

उनले आगामी १५औँ महाधिवेशन शेरबहादुर देउवाको अध्यक्षतामा हुनुपर्ने बताएका थिए।

थापाले पार्टी कब्जा गर्ने नीति लिएको आरोप लगाउँदै उनले अहिले पनि ठूलो संख्याका नेता–कार्यकर्ताहरू देउवाको साथमा रहेको बताएका थिए। तत्काल सदस्यता अद्यावधिक आवश्यक नभएको उनले बताए।

नेता रणबहादुर रावलले १५औँ महाधिवेशनको तयारी भइरहेको बताए। उनले अझै गगन थापालाई सभापति स्वीकार गर्न नसकिने बताएका थिए।

नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्य आजको समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्। उनले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने धारणा राखेका हुन्।

महरले नेपाली कांग्रेस कुनै सामान्य राजनीतिक दल मात्र नभएर लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उल्लेख गर्दै पार्टीभित्र बृहत् एकताका साथ १५औँ महाधिवेशनमा होमिनुको विकल्प नभएको स्पष्ट पारे। कांग्रेस केवल चुनाव जित्ने संगठन मात्र नभई लोकतन्त्र बचाउन हजारौँ मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत भएको उनले बताए।

प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय नेतृत्व र सभापति गगन थापा पक्षप्रति आक्रोश पोख्दै उनीहरूले पार्टीमा भ्रम फैलाएको आरोप लगाएका छन्। धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले नयाँ भनाउँदा नेताहरूले पार्टीको जग र बलिदान नबुझेको भन्दै कडा चेतावनी दिए।

सम्बोधनका क्रममा सभापति बलायरले भने, ‘थापाले पार्टी सदस्यता नवीकरण र लेवीका विषयमा दिएको अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ। हिजो महामन्त्री हुँदा नवीकरण गर भनेर परिपत्र गर्ने, आज त्यही विषयमा भ्रम फैलाउने रु यस्तो रंगीन कुराले पार्टी चल्दैन,’ सभापति बलायरले भने। ‘हामी शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ। कसैको घमण्डले कांग्रेस चल्दैन,’ बलायरले भने।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी एकता नै आजको आवश्यकता रहेको बताएका थिए। उनले शेरबहादुर देउवाको पार्टीले सम्मान गर्नुपर्ने भन्दै उनको अवस्था बारे पनि जिज्ञासा राखेका थिए।

‘सिंगो नेपाली कांग्रेस एक बनाउनु पर्छ। सिंगो नेपाली कांग्रेसको एकताका लागि नेता–कार्यकर्ताहरू यहाँ आउनुभएको छ,’ उनले भने, ‘शेरबहादुर देउवाको स्थान कहाँ छ रु सम्मान कहाँ हुने हो, त्यो स्पष्ट हुनुपर्छ।’

एकता र सिंगो कांग्रेसलाई अगाडि बढाउने सन्दर्भमा वर्तमान पार्टी सभापति गगन थापाको भूमिका बढिरहेको उनले उल्लेख गरेका थिए।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले वर्तमान सभापति गगन थापाले झुटको खेती गरिरहेको आरोप लगाएका थिए। अहिले कांग्रेस कमजोर हुनुको प्रमुख जड सभापति थापा रहेको उनको टिप्पणी थियो।

आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै आवश्यकता परे पार्टी कार्यालय कब्जा गर्नेसम्मको हिम्मत र पार्टीभित्र बलियो उपस्थिति रहेको बताएका थिए।

कञ्चनपुर कांग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिए।

‘तपाईंले जसरी ४० वर्ष दुःख गरेका नेताहरूलाई अपमान गरेर मुण्डामुण्डका मान्छे जम्मा गरेर कांग्रेस कब्जा गर्न खोज्नुभएको छ, त्यो सफल हुँदैन। १५औँ महाधिवेशनमा हामी नयाँ नेतृत्व लिएर आउँछौँ र तपाईंलाई देखाइदिन्छौँ,’ उनले भने।

बोगटीले गगन थापाले डिजिटल प्रविधिका नाममा पुराना नेताहरूको हुर्मत लिएको भन्दै अब चुप लागेर नबस्ने बताए।

नेपाल विद्यार्थी संघ कैलालीका सभापति मनिस कुँवरले पार्टी सभापति गगन थापालाई खुला चुनौती दिएका थिए।

विशेष महाधिवेशन पक्षले पार्टी सदस्यता अद्यावधिकको विषयलाई लिएर जिल्ला तथा नगर सभापतिहरूलाई दिइरहेको कारबाही चेतावनीको विरुद्ध उनले पार्टी सभापतिलाई काउन्टर चुनौती दिएका थिए।

“नेपाली कांग्रेस जिल्ला सभापतिदेखि वडा सभापतिलाई कारबाही गरेर देखाउनुस् अनि देशभरि कार्यक्रम सफल बनाएर देखाउनुस्। जिन्दगीभर सभापति मान्न तयार छौँ,’ उनले भने।

कार्यक्रममा १४औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। विशेष महाधिवेशन पक्षका पदाधिकारी तथा सदस्यहरूलाई पनि निम्तो दिइएको भए पनि उनीहरूको उपस्थिति भने देखिएको थिएन।

  himalayanvoice.com | १० जेष्ठ २०८३, आईतवार १२:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online