ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

चेल्सीले जित्यो फिफा क्लब विश्वकप उपाधि

काठमाडौँ । फिफा क्लब विश्वकपको उपाधि इङ्लिस क्लब चेल्सीले जितेको छ ।

अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ रङ्गशालामा आइतबार राति भएको फाइनल खेलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–० गोलले हरायो ।

चेल्सीको जितमा कोल पाल्मरले २२औँ र ३०औँ मिनेटमा गोल गर्नुभयो । अर्को गोल ४३औँ मिनेटमा जाओ पेड्रोले गर्नुभएको हो । पहिलो हाफमै तीन गोल गरेको चेल्सीले दोस्रो हाफमा रक्षात्मक रणनीति अपनाएको थियो ।

पिएसजीको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल बन्न सकेन । ८१ हजार दर्शकको साथ पाएको फाइनल खेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चेल्सीका पाल्मर चुनिनुभयो भने गोल्डेन ग्लोब चेल्सीकै गोलरक्षक रोबर्ट सान्चेजले पाउनुभयो ।

सर्वाधिक गोलकर्ताको पुरस्कार रियल म्याड्रिडका गोन्जालो गार्सिया र युवा खेलाडीको पुरस्कार पिएसजीका डेजोरे डुअ‍ेले पाउनुभयो ।

 

  himalayanvoice.com | ३१ असार २०८२, मंगलवार ११:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online