ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

इलाममा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो । असोज २० गते इलाममा थप एक जनाको शव फेला परेको थियो ।

इलाम । इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुट्टको शव फेला परेसँगै मृतकको सङ्ख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङ असोज १८ गतेदेखि बेपत्ता हुनुभएको थियो । स्थानीय खोलाले बगाएको करिब चार सय मिटर तल मङ्गलबार उहाँको शव फेला परेको छ ।

इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो । असोज २० गते इलाममा थप एक जनाको शव फेला परेको थियो ।

इलाम नगरपालिका ६ का महेन्द्र लिम्बू अझै बेपत्ता हुनुहुन्छ । जिल्लाका सबै ठाउँमा सडक अवरुद्ध छ । जिल्लाका दुरदराजमा गर्भवती र बिरामीको बिचल्ली भएको छ ।

बिचल्ली भएकालाई लिन गएको नेपाली सेनाको हेलिकाेप्टर समेत अवतरण गर्न सकेको छैन । प्रतिकुल मौसमका कारण उद्धारमा कठिनाई भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभएको छ । स्थानीय पालिकाले सडक खुलाउनका लागि सबै ठाउँमा काम गरिरहेका छन् ।

  himalayanvoice.com | २१ आश्विन २०८२, मंगलवार १२:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online