ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

सुनको अहिले सम्मको मूल्य उच्च, बजारमा कृत्रिम अभाव बुधबार तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बिहीबार दुई हजार रुपियाँ बढेर दुई लाख ५० हजार नौ सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ । सुनको मूल्य बढ्दै गएपछि उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नु परेको छ ।

काठमाडौँ । तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जानकारी दिनुभयो । चोरीतस्करीबाट भित्रिएको सुनमा तोलामा पाँच हजारदेखि आठ हजार रुपियाँ महँगोमा लिएर बिक्री गर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । बजारमा सुनको मूल्य बढे पनि माग धेरै हुँदा बैङ्कबाट ल्याएको सुन सकिएकाले अभाव कायम रहेको उहाँको भनाइ छ ।

बुधबार तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बिहीबार दुई हजार रुपियाँ बढेर दुई लाख ५० हजार नौ सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ । सुनको मूल्य बढ्दै गएपछि उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नु परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस सुनको मूल्य चार हजार दुई सय अमेरिकी डलर पुगेको छ । व्यवसायीका अनुसार तिहारको बेलामा चारदेखि पाँच सय किलो सुनको कारोबार हुने गर्दछ । चाँदीका सामानसँगै धनत्रयोदशी (धनतेरस) मा सुनको पनि बिक्री बढ्ने वज्राचार्यको भनाइ छ ।

दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैङ्कले सुनको आयात गर्दै आएका छन् । हालै नेपाल राष्ट्र बैङ्कले सुनको कोटा बढाएर दैनिक २५ किलो पु¥याएको छ । कोटा बढेको सुन तिहारपछि मात्र आइपुग्ने भएकाले पनि तत्काल प्रयोग गर्न नपाएको उहाँले जानकारी दिनुभयो ।

सुनको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ता सुनमा लगानी गर्न थालेपछि बजारमा अभाव भएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिनुभयो । मूल्य बढ्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा सुन सुरक्षित लगानीको क्षेत्र बनेकाले नेपालमा समेत लगानीकर्ता आकर्षित बन्दै गएको उहाँको भनाइ छ । बजारमा ढिका सुनको माग धेरै रहेको उहाँको भनाइ छ । कानुनी रूपमा ढिक्का सुन बिक्री नभए पनि गैरकानुनी ढङ्गले बिक्री भइरहेको उहाँको भनाइ छ । चोरी तस्करीबाट भित्रिएको ढिक्का सुन खुलेआम बिक्री भइरहेको उहाँको भनाइ छ ।

  himalayanvoice.com | ३० आश्विन २०८२, बिहीबार २२:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online