मनोरंजन – Himalayan Voice
‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण
काठमाडौँ । गायक तथा सङ्गीतकार ईश्वर अमात्यले कुशेऔंसीको पूर्वसन्ध्यामा यःमा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेको प्रमुख आतिथ्यतामा सिटी सेन्टरको फुड कोर्टमा आज बिहीबार सार्वजनिक गरिएको हो।
आमाको सङ्घर्षको परिधिमा तयार भएको म्यूजिक भिडियोमा सुजना बज्राचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । बाल कलाकारमा समाइरा खड्गीले खेल्नुभएको छ।
ईश्वर अमात्यको सङ्गीतमा तयार भएको उक्त गीतको शब्द कृष्णबहादुर नापित त्रिशुलीले रच्नुभएको भने सङ्गीत संयोजन सुरेन्द्र श्रेष्ठको रहेको उक्त गीतलाई जोश्ना अमात्यले स्वर दिनुभएको छ ।
म्यूजिक भिडियोमाथि समीक्षा गर्नुहुदैँ वरिष्ठ पत्रकार विजयरत्न असंबरेले म्यूजिक भिडियो भने चित्रलाई मात्र पदार्पण गर्नु होइन, गीत भावना र दर्शकको मनसम्म पुग्न सक्नुपर्छ, भन्नुभयो ।
यस भिडियोमा गीतको भावना र एक महिलाको सङ्घर्षलाई सन्तुलित रूपमा पदार्पण गर्न सफल भएकोमा म्यूजिक भिडियोका टिम धन्यवादको पात्र भएको पनि बताउनुभयो । दर्जनभन्दा बढी निर्देशन गरिसकेका निर्देशकले यसमा आफनो कुशलता प्रस्तुत गरेको बताउदैँ कथा अनुसार दृश्य कैद गर्न छायाँकारको मिहिनत रहेको र सम्पादन पक्ष सवल रहेको बताउनुभयो ।
उजय शाही प्रोडक्सन म्यानेजर रहेको यस गीत दर्शनवीर शाक्यको परिकल्पना र निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायाङ्कन र सम्पादन मनोजरत्न शाहीले गर्नुभएको हो ।
‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’
काठमाडौँ । नयाँ वर्षलाई लक्ष्य गरी प्रदर्शन गरिएको चलचित्र ‘राम नाम सत्य’ ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको छ ।
वितरक गोविन्द शाहीले शुक्रबारभन्दा शनिबारको व्यापार अझ बढेको जानकारी दिनुभयो । माइकल चन्दको निर्देशनमा तयार भएको यो चलचित्रको एक्सन, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना गरेका छन् । शनिबार नायक विराज भट्ट काठमाडौँका विभिन्न हलमा पुग्नुभयो । काठमाडौँको अष्टनारायण हलमा १२ सयभन्दा बढी दर्शकमाझ विराज घेरिनुभएको थियो । अष्टनारायणको हजार सिट भएको हलमा दर्शक भरिएपछि पाँच सय सिट भएको अर्को हलमा चलचित्र लगाइएको थियो ।
उपेन्द्र शाही र श्वेता विमलीको निर्माणमा तयार भएको यो चलचित्र हेरेर निक्लिएका दर्शकले राम्रो प्रतिक्रिया दिएपछि नायक विराज उत्साहित देखिनुभयो । उहाँले भन्नुभयो, “मलाई सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने लागेको थियो तर दर्शकले मन पराउनुभएको छ । साथै उत्साहजनक रूपमा साथ दिनुभएको छ । यसले हामीलाई पनि उत्साहित बनाएको छ ।”
निर्माणपक्षले अब नयाँ वर्षको दिनमा हलमा दर्शकको उछाल आउने अपेक्षा गरेको छ । काठमाडौँबाहिरका स्टेसनमा पनि फिल्मको व्यापार सुखद रहेको वितरक कुवेर फिल्म्सले बताएको छ । यो चलचित्रमा विराजको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुसी कार्कीलगायतका कलाकारको अभिनय छ । माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुनुहुन्छ । यस्तै फिल्मका सहनिर्माता तेजराज चटौत र दमनबहादुर चन्द सहनिर्माताका रूपमा रहनुभएको छ ।
मोती कार्की क्रिएटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसर हुनुहुन्छ । काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रिब्युसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको सङ्गीत छ । मानकृष्ण महर्जनको डिओपी रहेको चलचित्रमा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको ब्याकग्राउन्ड म्युजिक छ । यस्तै सियोन श्रेष्ठको कोरियोग्राफी र शेरबहादुर लामाको छायाङ्कन रहेको छ ।
बिस्काः नौ दिन आठ रात जात्रा
भक्तपुर। भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पु¥याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।
बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडी चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारीहुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पु¥याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।
जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, बंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।
जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः( लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।
यसींद्योः कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यसींद्योः उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतिक मानिन्छ । यसींद्योः उठाईसकेपछि राती नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । तलेजुमा दुमाजुको विशेष पूजा गरी जात्रा गरिन्छ ।
यसींद्योः उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैलखः र भद्रकालीको रथलाई ल्यसिङखेलमा पु¥याइन्छ । यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ ।
बिस्का जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष बैशाख १ गते विहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनहरुको भिड हुन्छ । यसदिन स्थानीय टोल टोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपुजन गरिन्छ । बेताललाई पोथी कुखुराको बली दिइन्छ । साँझ भैरवनाइकेहरुले विधिवत रुपमा पुजा गरी साँझ यसींद्योः ढालिन्छ । त्यसको लगतै भैलखः र भद्रकालीको रथलाई तानेर गाःहिटीमा पु¥याएर एक आपसमा जुधाइ संगम जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्योः ल्वाकिगु जात्रा भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा गरिन्छ ।
जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसै दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा गरिन्छ भने खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ । आठौँ दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङ्गण, सतल र पाटीहरुमा राखेर पूजा गरी विभिन्न प्रसाद चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ । यो जात्रा दिनभरि मनाइन्छ ।
जात्राकोे अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यस दिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गरिन्छ ।
बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनि उल्लेख गरिएको संस्कृतिविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो । भक्तपुरको राजदरबारमा नेपालसंवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिएको उहाँले भन्नुभयो ।
प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको, नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम रहेको बताउनुभयो । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको हो । विश्व भैरवनाथको प्रतिक जात्राकोे चौथो दिन भेलुखेलको ल्यसिंङखेलमा उठाएको योसिंद्योःमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जर्वजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।
उहाँले भन्नुभयो, “नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्वकेतु, विरध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा र विरध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा ध्वाजा विश्वध्वाजा र विरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।”
जात्रामा पहिलो र अन्तिम दिन भैलखः तान्ने क्रममा झडप हुने गरेको छ । सम्भावित झडप रोकी जात्रालाई व्यवस्थित रुपमा मनाउन दिउँसो ३ बजे भैलखः तानेर ५ बजे जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा भैलखःले किचेर मानिसको मृत्यु हुने, जात्रा हुने स्थानका घर र सार्वजनिक पाटीपेटीमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न दिउँसो जात्रा शुरु गर्ने सम्पुर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणवद्धरुपमा सरोकारवालाहरुसँग छलफल गरेर विभिन्न रणनीति तयार गरेको बताउँदै प्रजिअ ढकालले यसवर्ष जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा करिव २ हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिनुभयो । जात्रामा उत्श्रृंखल गतिविधि गर्ने र हुलदंगा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरुपमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने उहाँले बताउनुभयो ।
भैलखःमा अनियन्त्रित तरिकाले धेरै मानिस चढ्नाले रथबाट खसेर घाईते हुनु, च्यापनु, किचेर ज्यान जाने भएकाले त्यसलाई नियन्त्रण गर्न भैलखःमा भैरव नाईके, गुथि र स्थानीय क्लवका सिमित पदाधिकारीहरु मात्र चढ्ने व्यवस्था गरिएको छ । साथै यसवर्ष रथमा बस्ने सबैले नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाएको छ ।
जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोक चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै प्रजिअ ढकालले क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी प्र्रचलिन कानुन बमोजिम कारबाही गरी विदेश जान नहुने गरी रेर्कड राखिो बताउनुभयो ।
तृप्तिको स्वरमा ‘वनको काफल’
काठमाडौँ । गायिका तृप्ति खड्का गुरुङको स्वरमा ‘वनको काफल’ बोलको गीत सार्वजनिक भएको छ । डा. हरि उप्रेतीले लेख्नुभएको प्रेमिल लोकशैलीको गीतमा भावनात्मक गहिराइ, ग्रामीण परिवेशको सुगन्ध र प्रेमको आत्मीय अनुभूति झल्कन्छ । गायिका खड्कालाई स्वरमा गणेश प्रधानले साथ दिनुभएको छ । गायिका खड्काकै सङ्गीतमा तयार भएको गीत गणेश प्रधानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतले साँचो प्रेम भनेको केवल अनुभूति होइन, त्यो जीवन जिउने आधार, सहयात्रा र आत्मिक एकताको रूप हो भन्ने सन्देश दिने गायिका खड्काले बताउनुभयो ।
सारेगम स्टुडियो र आर एन्ड बी स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ, मास्टरिङ नरेश पाण्डेले गर्नुभएको छ भने भिडियोमा विजय गुरुङ र निरुता विष्टको अभिनय रहेको छ । खगेन्द्र गिरीको कोरियोग्राफी रहेको भिडियोमा शृङ्गार कविन खड्काले गर्नुभएको छ । प्रकाश खड्का र समूहको छायाङ्कन एवं मिलन विश्वकर्मा कलर र सम्पादन रहेको गीतको निर्देशन कलाकार गुरुङले गर्नुभएको हो ।
गायिका लक्ष्मी हमालको ‘लडेर उठन’ बोलको गीत सार्वजनिक
काठमाडौँ। गायिका लक्ष्मी हमालको आवाजमा ‘लडेर उठन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । निर्माण योन्जनको सङ्गीत तथा रचना रहेको गीतले समाजको भावनात्मक कुरालाई उजागर गर्न खोजेको छ । गीतले अरूको राम्रो उन्नति र प्रगति हुँदा सबैले वाहवाही गर्ने तर नराम्रो हुँदा आफ्नैले पनि नराम्रो व्यवहार गर्ने कुरालाई दर्साउने गायिका हमालले बताउनुभयो ।
बबिता श्रेष्ठको कथा तथा निर्देशन रहेको गीतलाई हमालले नै निर्माण गर्नुभएको छ । परिवेश स्टुडियोमा तयार पारिएको गीतका सहायक निर्देशक सुजल शाही हुनुहुन्छ । गीतमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्यायको अभिनय रहेको छ । नरेश अय्यरको सिनेम्याटोग्राफी रहेको गीतमा विकास दाहाल, सुमन तामाङ र नवीन बोहोराले दृश्य सम्पादन गर्नुभएको छ । गीत मल्लिका अफिसियलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
‘मिठो संसार’ सार्वजनिक
काठमाडौँ । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र लालीबजारको ‘मिठो संसार’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रका दृश्यलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलीजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री रानामगरको स्वर सुन्न सकिन्छ ।
जयन जे बाइवाको शब्द, सङ्गीत रहेको गीतमा स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापालगायतका कलाकार देखिनुभएको छ । चलचित्रका लेखक तथा निर्देशक यम थापाले गीतमा आमा र छोरीबिचको प्रेम देखाइएको छ ।
पिकेको निर्देशनमा ‘तरङ्ग’
काठमाडौँ । प्रदीपकुमार चौधरी (पिके) को डेब्यु निर्देशकीय चलचित्र ‘तरङ्ग’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । देवदत्त क्रियसनले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी देखिनुभएको छ । उत्सव पाण्डेले तयार गर्नुभएको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव झल्कन्छ । चलचित्रमा वरुण र रविनासँगै बारात लिम्बू, कृष्ण थापा, सारा राई, उज्ज्वल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सन्जोग, विशाल सेनेहाङ र बालकलाकार प्रंशु चौधरी प्रमुख भूमिकामा देखिनुभएको छ ।
चलचित्रको कथा निर्देशक चौधरीले नै लेख्नुभएको हो । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहनुभएको चलचित्रमा हरिनारायण चौधरी कार्यकारी निर्माता हुनुहुन्छ । महेश पौडेलको छायाङ्कन, सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, मनोज थापामगर, पवन गिरी र मनोज महतोको सङ्गीत रहेको चलचित्रमा पाश्र्व ध्वनि सुशील डङ्गोल र सुदीप श्रेष्ठको रहेको छ । चलचित्रलाई निर्देशक चौधरीले अलौकिक प्रेमकथाको संज्ञा दिनुभएको छ । समाजमा देखिँदै र भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा चलचित्र तयार भएको उहाँले बताउनुभयो ।
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौ संस्करण सर्लाहीमा हुने
काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण आगामी वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक मधेश प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना गरिने भएकाे हाे ।
महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच विस्तृत छलफल भई तयारी कार्य अघि बढिसकेको छ।
“हिमाल, पहाड, तराई कोही छैन पराइ” भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै “सबैको सिनेमा, सबैका लागि” भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।
महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रहरूतर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषी फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन्। तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
महोत्सवमा ग्रामीण परिवेश झल्किने छोटा चलचित्र, डकुमेन्ट्री, फिचर फिल्म तथा विविध भाषाभाषाका फिल्महरू गाउँकै दर्शकमाझ प्रदर्शन गरिनेछ। अफिसियल सेलेक्सन सूची आगामी हप्ताभित्र सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।
“आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र” भन्ने मूल नाराका साथ आयोजना हुने यस महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया तथा विभिन्न संवाद कार्यक्रमहरू पनि समावेश गरिनेछन्। अध्यक्ष सापकोटाले भन्नुभयाे, “ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्राथमिकता दिँदै आएका छौँ। यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि सिनेमा संस्कृतिसँग जोड्ने विश्वास लिएका छौँ।”
यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सफलतापूर्वक सम्पन्न भइसकेको छ। मधेश प्रदेशमा अपेक्षाकृत कम चलचित्र गतिविधि हुने भएकाले यसपटकको संस्करण अझ विशेष रहने महोत्सव संयोजक कमल एक्चै मगरले बताउनुभयाे । महोत्सव चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना हुनेछ।
‘माई डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भयो निफ
काठमाडौँ ।  नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौँमा बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म जारी हुने निफ हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माई डटर्ज हेयर’ प्रदर्शन गर्दै सुरु गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत, नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलङ्काका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पीले महोत्सव उद्घाटन गर्नुभएको थियो । सचिव बस्नेतले निफले नेपाली फिल्मको बजार र अन्य चलचित्र उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले निफलाई सफलताको शुभकामना दिनुभयो । उहाँले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गर्नुभयो । यस्तै पाकिस्तानी राजदूत अब्रार एच हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताउनुभयो ।
निफमा ४० देशका ८८ वटा फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । छ वटा चिनियाँ र चार वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ । रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिने छ । अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्म निःशुल्क हेर्न पाइने छ । प्रतिस्पर्धामा रहेकामध्येका फिल्म सिभिल मल र छाया सेन्टरमा भने स–शुल्क प्रदर्शन हुने छ । निफ अन्तर्गत १० वटा अन्तर्कियात्मक कार्यक्रम राखिएको छ । यसमा विभिन्न देशका मेकरले आफ्नो अनुभव सेयर गर्ने छन् ।
नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । यस अन्तर्गत छ वटा चिनियाँ सिनेमा र वृत्तचित्र प्रदर्शन गरिने छ । स्नो लियोपार्ड, वरियर किङ, होम अवे होम क्लोज, सनराइज ओभर दी प्ल्याटो, लनर्स फर्म दी टप अफ दी वल्र्ड र डिसकभरिङ सिजाङ २०२६ चलचित्र रहेको छ । यी चलचित्र पर्यटन बोर्ड र छाया सेन्टरमा  निःशुल्क हेर्न पाइने छ । सो चलचित्रको माध्यमले नेपाल र चीनको संस्कृति अझ राम्रोसँग बुझ्न सकिने विश्वास आयोजकको रहेको छ ।
जगदीश घिमिरेको चर्चित उपन्यास ‘साबिति न्युयोर्कको प्रसिद्ध ‘द ट्याङ्क’ थिएटरमा मञ्चन हुँदै
काठमाडौँ । नेपाली साहित्यकार जगदीश घिमिरेको चर्चित उपन्यास ‘साबिति’मा आधारित नाटक ‘साबिति’ न्युयोर्कको मुटुमा अवस्थित प्रसिद्ध थिएटर ‘द ट्याङ्क’मा मञ्चन हुने भएको छ ।
अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपाली कथालाई प्रस्तुत गर्ने यो प्रयास लेखन तथा निर्देशन युवा रङ्गकर्मी विमल सुवेदीले गरेका हुन् । भारतको प्रतिष्ठित नेसनल स्कुल अफ ड्रामाबाट स्नातक गरेका सुवेदीले नाटकलाई न्युयोर्कको सन्दर्भ र त्यहाँका दर्शकको मनोविज्ञान अनुसार पुनर्लेखन तथा रूपान्तरण गरेका छन् ।
नाटकको अर्को मुख्य आकर्षण यसको कलाकार टोली हो । बलिउड चलचित्र ‘लुटेरा’की अभिनेत्री स्वच्छता गुहाले यसमा शीर्ष भूमिका (साबिति) निर्वाह गर्नेछिन् । उनीसँगै दर्जनौँ हलिउड चलचित्रमा काम गरिसकेका अमेरिकी कलाकार जड मेयर्स र नेपाली मूलका अमेरिकी कलाकार नवल राईको पनि अभिनय रहनेछ ।
उपन्यासमा एक विपन्न पुरुष पात्रको कथामार्फत समाजको चित्रण गरिएको भए पनि नाट्य रूपान्तरणमा सुवेदीले महिला पात्रलाई केन्द्रमा राखेका छन् । नाटकले महिलाको आवाज र सशक्तीकरणलाई मुखरित गर्दै सामाजिक संस्थाहरूको संरचनामाथि गम्भीर प्रश्न उठाउनेछ ।
नाटक मञ्चनका लागि न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सांस्कृतिक कूटनीतिको रूपमा प्रवद्र्धन गरेको छ । न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीले यसलाई नेपाली रङ्गमञ्चको इतिहासमा ‘नयाँ र गौरवपूर्ण अध्याय’ भन्दै मुख्यधारको अमेरिकी थिएटरमा नेपाली कथाले स्थान पाउनु ठुलो उपलब्धि भएको बताए ।
न्युयोर्कको प्रतिष्ठित थिएटर कम्पनी ‘द ट्याङ्क’मा नाटक मञ्चनका लागि पालो पाउन करिब सात महिना कुर्नुपर्ने भए तापनि बिमल सुवेदीको कामबाट प्रभावित भएर निर्देशक मेगन फिनले यसलाई चाँडै मञ्चन गर्ने व्यवस्था मिलाएकी हुन् ।
निर्देशक सुवेदीका अनुसार नाटक दुई चरणमा मञ्चन हुनेछ। पहिलो चरण अप्रिल २६ देखि एक हप्तासम्म चल्नेछ भने दोस्रो चरण मे महिनामा पुनः प्रदर्शन गरिनेछ । न्युयोर्कपछि यो नाटकलाई अमेरिकाका अन्य राज्यहरूमा पनि लैजाने योजना छ ।