ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक : माघ ६ गते उम्मेदवारी दर्ता तालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ।माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो। 

तालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ।माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

आयोगका अनुसार ७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ ।  बिहान १० बजेदेखि ३ बजेसम्मको समय उजुरीका लागि निर्धारण गरिएको छ । उजुरीमा जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइने छ ।

  himalayanvoice.com | १ मंसिर २०८२, आईतवार १०:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online