ट्रेण्डिङ्ग:
|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने

जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाको अधिवेशन सुरु

लस-एन्जलस । नेपाली काँग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाको अधिवेशन सुरु भएको छ । आगामी डिसेम्बर २० तारिखका दिन हुने अधिवेशनको लागि सभापति मदन पाठकले बाश बिशुको संयोजकत्वमा सुर्य प्रसाई र जोसेफ घले रहेको निर्वाचन समिति र काँग्रेस नेताहरु हेम ठकुल्ला संयोजक र तिलक राना सदस्य रहेको सदस्यता छानविन समिति घोषणा गरेका छन् ।

सभापति पाठकले नेपाली जनसम्पर्क समितिको केन्द्रिय अधिवेशन लस-एन्जलसमा आयोजना गर्ने च्याप्टरको दावी बारे सोमबार आयोजित भेलामा जानकारी दिएका थिए ।

समितिका केन्द्रिय सदस्य गोकुल ढकालको उपस्थितिमा सम्पन्न भेलामा अध्यक्ष प्रत्याशी राजेश निरौला, राम चन्द्र लामिछाने, माहामन्त्री प्रत्याशी अर्जुन पौडेल (एकल दावेदारी ), सहमहामन्त्री प्रत्याशी बिबेक श्रेष्ठ (एकल दावेदारी ) र केन्द्रिय उपाध्यक्ष प्रत्याशी नबिन पोखरेलले आ-आफ्नो धारणा राखेका थिए ।

जनसम्पर्क समिति अमेरिकाको अधिवेशनका लागि लस-एन्जलस, मेरिल्याण्ड र बोस्टन च्याप्टरले तयारी गरिरहेका छन् ।

सभापति मदन पाठकको सभापतित्वमा सोमबार राति सम्पन्न भेलाले डिसेम्बर १५ तारिख सम्मको अवधि कायम गरेर सदस्यता अभियान सुरु गरेको छ । यस पटक देखि नेपाली काँग्रेसको क्रियाशील र जनसम्पर्क समिति अमेरिकाको सदस्यता छुट्टा छुट्टै बन्न सकिने प्रावधान गरिएको छ ।

पाठकका अनुसार च्याप्टर अधिवेशन डिसेम्बर २० तारिख आयोजना गरिने र च्याप्टरको नेतृत्व र त्यसै दिन केन्द्रिय प्रतिनिधि समेत चयन गरिने छ ।

 

  himalayanvoice.com | २४ मंसिर २०८२, मंगलवार १३:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online