ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|आजदेखि देशभर आर्थिक गणना हुँदै|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

वीरगञ्जमा सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म कर्फ्यु जारी

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले पुस २१ गते सोमबार साँझ छ बजेदेखि मङ्गलबार बिहान ८ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले दिउसो एक बजे देखि वीरगञ्ज महानगरपालिकाको चार किल्लाको पुर्वमा बस पार्क पश्चिम सिर्सिया पुल उत्तर पावर हाउस चौक र दक्षिणमा शंकराचार्य प्रवेश द्वार सम्म निषेधाज्ञा आदेश जारी गरेकोमा निषेधाज्ञा आदेशको अवज्ञा गरि बीरगञ्जको बिभिन्न ठाउँमा जुलुस प्रर्दशन तथा प्रहरी माथि ढुङ्गा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेकोले कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दहालले बताउनुभएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले दुई समुदायबीच झडप हुन नदिन तथा आपसी सदभाव कायम राख्न स्थानीय प्रशासनले अनुरोध गर्दागर्दै प्रहरी माथि ढुङ्गा प्रहार भएपछि प्रहरीले समान्य बल प्रयोग गरेको र लगभग २५ जनालाई नियन्त्रणमा लिएको बताउनुभएको छ।

धनुषा जिल्लाको एउटा मस्जिदमा तोडफोड भएको विरोधमा आइतबार बिहान वीरगञ्जको बहुअरी चौक र छपकैयाको इदगाह चौक लगायतका ठाउँमा मुस्लिम समुदायका केही व्यक्तिहरूले टायर बालेर प्रदर्शन तथा विरोध गरेपछि सोमबार बिहान देखि हिन्दु समुदायका युवाहरूले प्रर्दशन तथा नाराजुलुस गरेपछि अवस्था असामान्य भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो।

  himalayanvoice.com | २१ पुष २०८२, सोमबार १३:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online