ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै

काठमाडौं । सरकारले गैर आवासीय नेपालीहरूलाई खास प्राकृतिक लगानीकर्ता (सुप्रिम अर्गानिक इन्भेष्टर) को स्थान दिइ पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा लगानी गर्न वार्षिक एक खर्बको डायस्पोरा बण्ड जारी गर्ने प्रस्ताव गरेको छ ।

सरकारले राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा तयार गर्दै यस्तो प्रस्ताव गरेको हो । सुझावका लागि तयार गरिएको मस्यौदामा संवैधानिक र कानुनी व्यवस्था गरी गैर आवासीय नेपालीको नागरिकताको निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

‘एकपटकको नेपाली सधैंको नेपाली‘ लाई सुनिश्चित गरी विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई ब्रेन गेनको रुपमा प्रयोग गरिनेछ‘ मस्यौदामा छ ।

डायस्पोराको पुँजी र ज्ञान आकर्षित गरी अन्तर्राष्ट्रियस्तरको खेलकुद शहर, उच्च शिक्षा अनुसन्धान केन्द्र, विशिष्टिकृत स्वास्थ्य सेवा, सांस्कृतिक पर्यटन लगायतका क्षेत्रमा आयोजनाहरुको विविधीकरण गरिनुका साथै फास्ट ट्याक मोडेलमा निर्माण गरिने उल्लेख छ ।

‘विदेशमा वस्ने नेपालीहरुको लगानी प्रोत्साहन गर्न नेपालीहरुको ठूलो बसोवास भएका देशहरूसँग दोहोरो कर प्रणाली अन्त्य गर्न द्विपक्षीय सम्झौता गरिनेछ‘, प्रस्तावमा छ । डायस्पोराका लागि सेवा निवृत्तिपछि मातृभूमि फर्कौं भन्ने प्याकेज ल्याउने पनि प्रस्ताव छ ।

 

  himalayanvoice.com | १ बैशाख २०८३, मंगलवार १८:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online