ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो। यसअघि पार्टीको अध्यक्ष अनुप उपाध्याय हुनुहुन्थ्यो। उहाँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि केन्द्रीय कमिटीको बैठकले उहाँको राजीनामा स्वीकृति गर्दै कुलमानलाई पार्टी अध्यक्ष नियुक्त गरेको हो।

यो पार्टी चिम चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिँदैछ। पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ भन्ने शक्ति एक हुनुपर्छ भन्ने ध्येयले सम्पूर्ण कुरा त्यागेर एकताको सहमति गरे पनि रास्वपासँगको सहमति टिकाउन नसकिएको बताउनुभयो।

पुस १४ गते भएको उक्त सहमति १२ दिनमै सकिएको छ। धेरै पटकको छलफलमा सहमति कार्यान्वयनमा आफू लागेको भए पनि छलफल हिनताबोधका साथ अघि बढ्नुपरेको बताउनुभयो। अलिखित सहमति धेरै रहेको र त्यो सहमतिमा कुनै ठूलो माग नभए पनि कार्यान्वयन गर्न आफूहरु लागेको र सफल नभएको जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो, ‘हाम्रा साथीहरुले कुनै ठूलो डिमाण्ड राख्नुभएको थिएन। पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो। म आफैँ एउटा उपाध्यक्ष तर वरियता क्रममा धेरै तल भएर पनि सहेर गएको थिएँ। मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरु केन्द्रीय सदस्यलाई केही हेर्नुपर्छ भनेको थिएँ। ठूलो विषय थिएन। मुख्य मुद्दाका विषयहरु समावेशिता, संघीयतालाई समेट्न पूरक सम्झौता गरौँ भनेको थिएँ, तर पूरक सम्झौता हुन सकेन।’

पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भंग भएको पनि जनाएको छ। यो बीचमा उज्यालो पार्टी नेपालले ठूलो क्षति व्यहोर्नुपरेको र सहमति भंग भएको रास्वपाले घोषणा गरेको भन्दै आपत्ति जनाउनु भयो।

  himalayanvoice.com | २६ पुष २०८२, शनिबार ११:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online