ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

मघौटामा हुर्कंदै नयाँ पुस्ता

दाङ । घाँटी र टाउकोमा थारू परम्परागत गहना, शरीरमा चोल्या र लेहङ्गा । १२ वर्षीय पूजा चौधरी अचेल अरू दिन झैँ विद्यालय जान होइन, साथीहरूसँग मघौटा नाच्न गाउँमा निस्किनुभएको छ । मघौटा नाच्न दङ्गीशरण गाउँपालिका–३, हेकुलीकी पूजा गाउँका गल्ली गल्ली डुल्दै माघको मघौटा नाचमा व्यस्त हुनुहुन्छ । पूजासँगै १३ वर्षीय सृष्टि चौधरी पनि तालमा ताल मिलाउँदै नाचिरहनुभएको छ । पूजा र सृष्टिलाई मनीषा चौधरीले मादलको तालले नचाइरहनुभएको छ । दुईतर्फबाट एकातिर केटा र अर्काेतर्फबाट केटी साथी मघौटा गीत गाउँदै साथ दिइरहेका छन् ।

बाबाकी सगरवा मुरिया लहान गैनु हाँ,

बाबाकी सगरवा सखिए हो,

टोपिया छुटल पानी घाट, सखिए हो

यही गीतको भाकासँगै नाच्दै उहाँहरूको समूह घर घर पुग्छ । बालबालिका मात्रै होइन, उहाँहरूका बुवा–आमा, हजुरबुवा–हजुरआमासमेत मघौटा नाचमा सहभागी देखिन्छन् । हेकुलीगाउँ सँगसँगै अहिले दाङका अधिकांश थारू बस्ती माघ पर्वको उल्लासले भरिएका छन् । माघको चिसो मौसमलाई छिचोल्दै बालबालिकादेखि वृद्धवृद्धासम्म मघौटा नाच्दै माघ मनाइरहेका छन् । मादल र झ्यालीको तालसँगै गुन्जिने मघौटा गीतले थारू बस्ती जीवन्त बनेका छन् । पछिल्लो समय युवा पुस्ता डिजे र आधुनिक मनोरञ्जनतर्फ आकर्षित भइरहेका बेला यी साना साना नानीहरू भने आफ्नो मौलिक कला र संस्कृतिमा रमाइरहेका छन् । उहाँहरूको नाचले सिङ्गो गाउँको ध्यान तानेको छ । ती बालबालिकाको परम्परागत शैलीमा गीत गाउँदै नाच्न लागेको देखेपछि गाउँले रोकिन्छन् । ती बालबालिकाको नाचले हेकुलीगाउँ मात्र होइन, सडकमा हिँडिहरका मानिसको पनि पनि ध्यान तानेको छ । यी भाइबहिनीका लागि मघौटा नाच मनोरञ्जनका लागि मात्रै नभई आफ्नो संस्कृति सिक्ने पाठशालाका रूपमा पनि विकास भइरहेको स्थानीय अगुवा एवं दङ्गीशरण गाउँपालिकाका पूर्वअध्यक्ष भागिराम चौधरीले बताउनुभयो ।

“यसले मौलिक परम्परा, संस्कृति, संस्कार सिक्ने, सिकाउने र पुस्तान्तरणसँगै जीवन्त राख्नेमा सहयोग पुर्याउछ,” उहाँले भन्नुभयो, “त्यस कारण पनि गाउँमा रहेका बालबालिका आफ्नो परम्परागत, संस्कृति, वेशभूषा, मौलिक गीतको भाकामा हुर्किरहेका छन् ।” जसले गर्दा युगौँयुगसम्म संस्कृति, सस्कार र पहिचानलाई जोगानमा सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो । पूजा, सृष्टि र मनीषाको नाच एउटा उदाहरण मात्र हो । यतिबेला थारू समुदायका बालबालिका आआफ्नो गाउँमा मघौटा नाच्दै रमाइरहेका छन् । माघ पर्वमा मादल र झ्यालीको तालमा मघौटा भाकाको गीत गाउँदै नाच्दै शुभकामना साटासाट गर्ने पुरानो चलन रहेको दङ्गीशरण–३, हेकुलीका कालुराम चौधरीले बताउनुभयो । मघौटा नाच्न आउने समूहलाई घरधनीले ढिक्री, घोँगी, सुँगुरको मासु, अनदीको रोटी, जाँडरक्सी खुवाउने र खुसी अनुसार दक्षिणा दिएर पठाउने परम्परा रहेको उहाँ बताउनुहुन्छ । माघ पर्वमा थारू समुदायले विशेष गरी ढिक्री, घोँगी, माछा, सुँगुरको मासु र घरेलु मदिरा तयार पारेर खाने गर्छन् । गाउँले दाजुभाइलाई बोलाएर सामूहिक भोजन गर्ने परम्पराले आपसी सम्बन्धलाई अझ बलियो बनाउने विश्वास छ ।

  himalayanvoice.com | ५ माघ २०८२, आईतवार २२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online