ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

वीरगन्ज महानगरका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव र इस्तिहाक राईसहित ठुलो सङ्ख्यामा जसपाका नेताहरू नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । 

गए राति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा उहाँहरूलाई पार्टी प्रवेश गराइएको सचिव महेश बस्नेतले बताउनु भयो । एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव नेता इस्तिहाक राई लगायतका नेताहरूलाई अध्यक्ष ओलीले खादा लगाएर एमालेमा प्रवेश गराउनु भएको हो । यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव हुनु हुन्थ्यो ।

यसैगरी वीरगन्ज महानगरपालिकाका ७ जना वडाध्यक्ष पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गर्नु भएको छ । प्रमुख सिंह एमालेमा प्रवेश गरेपछि आज ठुलो सङ्ख्या जसपा लगायत अन्य पार्टीमा रहेका वडाध्यक्षहरू वीरगन्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी रहेको हजाराले बताउनु भयो । यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको पर्सा जिल्ला सचिव महेश दासले जानकारी दिनु भयो ।

उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरूले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा उम्मेद्वार बनाउने भएको छ । यस्तै, राईलाई बाँके २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ।

  himalayanvoice.com | ६ माघ २०८२, सोमबार ०२:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online