ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ ।

सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुँडिखेलमा आयोजित ‘तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले सबै जातजातिका मौलिक परम्परा, संस्कृति र जीवन पद्धतिको सम्मान, संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

आजको समय देशले शान्ति, सुव्यवस्था, सहअस्तित्व र स्थायित्व खोजिरहेको समय भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विविधता बीचको सम्मान, सहिष्णुता र आपसी विश्वासले मात्रै हामीलाई दिगो स्थिरतातर्फ लैजाने बताउनुभयो ।

सोनाम ल्होसारजस्ता पर्वहरूले आफ्नोपन, मौलिकता र राष्ट्रिय एकताको भाव सिकाउने जनाउँदै प्रधानमन्त्रीले यसबाट हाम्रो सांस्कृतिक पहिचान विश्वमञ्चमा पुगिरहेको बताउनुभयो ।

रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले ल्होसारसँग जोडिएको पञ्चतत्व र स्वस्थ जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान, विज्ञान र जीवन पद्धतिको गहिरो पक्षलाई उजागर गर्ने बताउनुभयो ।

कार्यक्रममा तामाङ समुदायका व्यक्तिले आ–आफ्नो वेशभूषासहितको पहिरनका साथ सांस्कृतिक प्रस्तुति दिनुभएको थियो । रासस

  himalayanvoice.com | ६ माघ २०८२, सोमबार १३:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online