ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएकाे छ।

यस अघि निर्वाचन गराउने जिम्मेवारीमा रहनुभएकी सुशीला कार्की नेतृत्वको वर्तमान सरकारका दुई मन्त्रीले मंगलबार नै राजीनामा दिइसक्नुभएकाे छ। सोही क्रममा मन्त्री पुनले पनि संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनुभएकाे हाे ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकिएको छ।

राजीनामा २०८२ साल माघ ६ गते मंगलबार स्वीकृत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

  himalayanvoice.com | ६ माघ २०८२, सोमबार २३:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online