ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

साफ महिला फुटसल : नेपालले पाकिस्तानलाई हरायो

काठमाडौँ, माघ ७ गते । नेपालले थाइल्यान्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिप पाकिस्तानमाथि फराकिलो जित निकालेको छ ।

नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ गोलले हरायो । नेपालको जितमा मनिषा थापामगरले दुई तथा रोशनी बोहोरा, दिपा राई र जेनिफर रानाले एक एक गोल गर्नुभयो ।

जितसँगै पाँच खेलबाट सात अङ्क बनाएको नेपाल तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको पनि समान खेलबाट सात नै अङ्क छ । यसअघि नेपाल श्रीलङ्कासँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

नेपालले अर्को खेलमा माल्दिभ्समाथि ५–० गोलको जित निकालेको थियो । यस्तै नेपाल भारतसँग ८–१ र बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालले अब भुटानसँग खेल्न बाँकी छ ।

  himalayanvoice.com | ८ माघ २०८२, बुधबार १०:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online