ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|आजदेखि देशभर आर्थिक गणना हुँदै|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

नेपाली मूलका अमेरिकी धावक बाल जोशीले लेखाए गिनिजबुकमा नाम

मायामी । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सातवटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिजबुकमा नाम लेखाएका हुन्।

शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’ को समापन समारोहमा गिनिजबुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । अन्टार्टिकाबाट सुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।

अत्यन्त चुनौतीपूर्ण मानिने ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुँदैआएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशीसहित ३२ देशका ५६ धावक सहभागी थिए।

जोशीले आफू जन्मेको माटो र सम्प्रदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथनमा सहभागी हुनुभएको थियो । दौरा सुरुवाल काठमाडौंको विश्व गौतमले तयार गर्नुभएको थियो ।

  himalayanvoice.com | २७ माघ २०८२, सोमबार १६:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online