ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग घोषणा, कांग्रेसमा प्रवेश

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै पुरानै घर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएकाे छ। करिब ३० वर्ष लामो राजनीतिक यात्रापछि पराजुली रास्वपा छाडेर कांग्रेसमा फर्किनुभएकाे हाे।

रास्वपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेका बेला पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गर्नुभएकाे हाे । उहाँलाई कांग्रेस महामन्त्री गगनकुमार थापा ले सर्लाहीमा औपचारिक रूपमा पार्टी प्रवेश गराउनुभएकाे हाे । पराजुलीसहित रास्वपा मकवानपुरका केही नेताहरू आइतबार राति नै सर्लाही पुग्नुभएकाे थियाे।

कांग्रेस नेतृत्वसँगको भेटपछि पराजुलीले सामाजिक सञ्जालमार्फत रास्वपा परित्यागको घोषणा गर्दै पार्टीको नेतृत्वशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएकाे छ । उहाँले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव बढ्दै गएको, चाकरीवाद मौलाउँदै गएको, आलोचनालाई अस्वीकार गर्ने प्रवृत्ति विकसित भएको र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाउनुभएकाे छ।

“हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौँ, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,” पराजुलीले भन्नुभयाे।

यसअघि बागमती प्रदेश उपसभापति दिनेश हुमागाईं, मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा तथा नेतृ खेमकुमारी भुर्तेलले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्नुभएकाे थियाे ।

  himalayanvoice.com | ११ फाल्गुन २०८२, सोमबार ०१:०५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online