ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  himalayanvoice.com | २५ फाल्गुन २०८२, सोमबार २२:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online