लस-एन्जलस। नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक बिपी कोइरालाले प्रवासमा रहेका नेपालीहरुको एकता, सहकार्य र मातृभूमिसंग जोड्ने अभियानको रुपमा सुरु गर्नु भएको नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टरले आगामी अप्रिल १९ तारिख स्थानीय आर्टेसिया पार्कमा बृहद बनभोज आयोजना गर्ने भएको छ ।
समितिका सभापति राम चन्द्र लामिछानेले दिएको जानकारी अनुसार आर्टेसिया पार्कमा आयोजना हुने बृहद बनभोजमा सहभागी हुन अमेरिका भरिका नेपाली काँग्रेस समर्थक र सुभेच्छुकहरु आगामी शनिबार लस-एन्जलस आइपुग्ने छन् ।

समितिका सभापति लामिछानेले बृहद बनभोजमा दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायलाई निमन्त्रणा गर्दै नेपाली समुदायको एकता र सहकार्यको सामुहिक सहभोज मार्फत सामाजिक सदभावको संदेश प्रवाह गर्न आग्रह गरेका छन् ।
लामिछानेका अनुसार समितिका सबै च्याप्टरलाई बनभोजमा सहभागी हुन निमन्त्रणा पठाई सकिएको र अधिकांस च्याप्टरले बृहद बनभोजमा सहभागीता जनाउने छन् ।
स्थानीय आर्टेसिया पार्कमा आयोजना हुने बनभोजमा नेपाली पन्चे बाजा, नेवारी लाखे, दोहोरि गित, राफल र विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने समितिका महामन्त्री विवेक श्रेष्ठले जानकारी दिएका छन् ।
बनभोजलाई ब्यबस्थित गर्न विभिन्न उपसमिति मार्फत तयारीको काम भैरहेको पनि महामन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाले आयोजना गर्ने बृहद बनभोज आयोजक समितिका संयोजक शम्सेर भण्डारी ‘सुवास’का अनुसार समुदायले करिव २० हजार अमेरिकी डलर सहयोग प्रदान गरेका छन् ।
संयोजक भण्डारीका अनुसार आगमी अप्रिल १९ तारिख आइतबारका दिन बृहद बनभोज बिहान १०:३० देखि १ घण्टा औपचारिक सत्र सुरु हुनेछ भने लगत्तै खेलकुद, भोजन, राफल, पन्चे बाजा, लाखे नाच पछि चिर परिचित लोक गायक कृष्ण देवकोटाको संयोजनमा दोहोरि गित प्रस्तुत गरिने छ ।
प्रतिक्रिया