ट्रेण्डिङ्ग:
|तेहरानलाई दबाब दिन अमेरिकी सेनाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको ट्रम्पको भनाइ|आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै|माछा मार्न जाऔं : तीन वर्षभन्दा बढी समय बन्द रहेको क्यालिफोर्नियामा सालमन माछा मार्ने काम सुचारु|देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न|ह्वाइट हाउसद्वारा अध्यागमन अदालतहरूमा ‘माफीको युग’ ‘समाप्त’ भएको घोषणा|नेपाल तथा भारतका २८ जना प्राज्ञहरुलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान|‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’|वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए|छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन|प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा जारी

देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न कार्यक्रमको मुख्य आकर्षणको रूपमा सुदूरपश्चिमेली मौलिक संस्कृति झल्काउने देउडा नाच प्रस्तुत गरिएको थियो, जसले सहभागीहरूलाई विशेष रूपमा आकर्षित गरेको थियो।

लस-एन्जलस । चल गोबिन्दी पाइला मिला देउडा खेलौ घुङुरु बजाइ छमकी छमा छम……. जब  सुदुर पश्चिमको कर्णप्रिय आवाजमा यो गित गुञ्जियो दक्षिण क्यालिफोर्नियामा बसोबास गर्ने पश्चिम नेपालका बालक देखि तन्नेरीसम्म देउडा नाच्दै एक आपसमा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान गर्दै वनभोज कार्यक्रममा रमाए ।

नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा सुदूरपश्चिमेली नेपाली समाज, क्यालिफोर्नियाद्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा विशेष वनभोज कार्यक्रम अप्रिल १२ आइतबारका दिन क्यालिफोर्नियाको सान डिमास स्थित बोनेली पार्कमा सहभोज, नृत्य, देउडा र गित संगीत सहित खुसी र हर्षोल्लासका साथ सम्पन्न भएको छ।

कार्यक्रममा दक्षिण क्यालिफोर्नियाका करिब २०० भन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सबै सहभागीहरूलाई एकै थलोमा जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

कार्यक्रम समाजका अध्यक्ष दल बहादुर बोगटी ज्यूको सभापतित्वमा एक औपचारिक कार्यक्रम आयोजना गरि सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, विशेष अतिथिका रूपमा नेपाल एकता समाजका अध्यक्ष अर्जुन पौडेल, नेपाल जनसम्पर्क समितिका अध्यक्ष श्री रामचन्द्र लामिछाने र गैर आवासिय नेपाली संघ अमेरिकाका बोर्ड अफ डाइरेक्टर हेम ठकुल्लाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा सुदूरपश्चिमेली मौलिक संस्कृति झल्काउने देउडा नाच प्रस्तुत गरिएको थियो, जसले सहभागीहरूलाई विशेष रूपमा आकर्षित गरेको थियो। साथै, साना बाबुनानी, महिला तथा पुरुषहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरू समेत आयोजना गरिएका थिए, जसले कार्यक्रमलाई अझ रमाइलो र जीवन्त बनाएको थियो।

कार्यक्रमको बिचमा पश्चिम नेपालकी छोरी रेशम चौधरीले कम्मर मर्काई मर्काई प्रस्तुत गरेको नृत्यले सहभागी सवैलाई मोहित बनाएको थियो ।

स्वादिष्ट नेपाली परिकारहरूको स्वाद लिँदै, आपसी भेटघाट, हाँसो–खुसी र सांस्कृतिक प्रस्तुतिहरूसँगै कार्यक्रम अत्यन्तै उल्लासमय वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने पश्चिम नेपाल घर भै दक्षिण क्यालिफोर्नियामा बसोबास गर्नु हुने सम्पूर्णलाई सुदूरपश्चिमेली नेपाली समाज, क्यालिफोर्नियाका अध्यक्ष दल बहादुर बोगटीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको उद्घोषण र डिजेको भूमिकामा देखा परेका सन्तोष कुमार बोहराको प्रस्तुति र छनौटले पनि बनभोज रमाइलो भएको थियो ।

  himalayanvoice.com | ३० चैत्र २०८२, सोमबार १५:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online