ट्रेण्डिङ्ग:
|पुनरावेदन अदालतद्वारा ट्रम्पको सीमामा शरण प्रतिबन्ध गैरकानूनी भएको फैसला|वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन|आजदेखि थापाथलीसहित चार स्थानका अनधिकृत बस्ती हटाइँदै|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना|अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा|दुई खेलको एक दिवसीय सिरिजमा ओमानसँग नेपाल ‘ए’ को बराबरी|कांग्रेस संसदीय दलको नेता: निर्वाचन कार्यक्रम स्थगित|श्रीकृष्ण विक घटना: शव काठमाडौँ लगियो|राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ

हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/ हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  himalayanvoice.com | ९ बैशाख २०८३, बुधबार २२:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online