ट्रेण्डिङ्ग:

पाँच नेवारी भाषाका कृति विमोचन

ललितपुर । लोकसाहित्य परिषद्को आयोजनामा पाँच कृति विमोचन गरिएको छ । ‘नकर्मी जाति व लवःकवः– कविना नेपाली (नकर्मी)’, ‘मानलाल मास्केया व्यक्तित्व व कृतित्व–राकेशमान मास्के’, ‘नँसाः भगवती म्हसीका–सङ्गीता कक्षपति’, ‘नेपालभाषाय् निबन्ध साहित्य–पूर्ण ताम्राकार’ र ‘रमानुभूति–रमा कर्णजीत’ का कृति विमोचन गरिएको हो ।

प्रमुख अतिथि ललितपुर महानगरपालिका उपप्रमुख मञ्जिला शाक्य, नेपालभाषा एकेडेमीका पूर्वचान्सलर यज्ञरत्न धाख्वाः, नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर, लोकसाहित्य परिषद्का अध्यक्ष राजितबहादुर श्रेष्ठलगायतले सामूहिक रूपमा उक्त कृति विमोचन गरेका हुन् । कार्यक्रममा साहित्यकारलाई नगद राशिसहितको पुरस्कार पनि प्रदान गरिएको थियो ।

  himalayanvoice.com | १ जेष्ठ २०८३, शुक्रबार ०९:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online