काठमाडौँ । साहित्यकार शान्ति नीहारिकाले आफ्नो दोस्रो साहित्यिक कृति ‘पृथुला कविता संग्रह’ सार्वजनिक गरेकी छिन । छोरा यसन खड्काको जन्मदिनको अवसरमा साहित्यकार नीहारिकाले ‘पृथुला कविता संग्रह’ सार्वजनिक गरेकी हुन् ।
साहित्यकार शान्ति नीहारिकाले यसअघि आफ्नो जिन्दगीका कथाहरू समेटिएको उपन्यास ‘चट्याङको मूच्र्छना’ प्रकाशन गरिसकेकी छिन । गजलकार प्रा.डा. देवी नेपाल लगायतका साहित्यकारहरूको उपस्थितिमा नीहारिकाको दोस्रो कृति ‘कविता संग्रह पृथुला’ सार्वजनिक गरिएको थियो ।

दियालो साहित्य सरगमले आयोजना गरेको ‘पृथुला कविता संग्रह’ सार्वजनिक कार्यक्रमको सभापतित्व शान्ति शर्माले गरेका थिए भने साहित्यकार शकुन्तला जोशीले ‘पुथुला कविता संग्रह’बारे टिप्पणी गरेका थिए ।
कार्यक्रममा गजलकार प्रा. डा. देवी नेपाल, बलराम दहाल, डा. रेणुका सोलु, लेखक एवम् पत्रकार रोहित भण्डारी, सर्जकका अभिभावक भविन्द्र खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए भने हेम प्रभाष, रिमा केसी र एमपि पाण्डेले कविता बाचन गरेका थिए ।
गजल लेखनमा सक्रिय साहित्यकार शान्ति नीहारिकाले कविता संग्रह सार्वजनिक कार्यक्रमकै अवसरमा ‘नीहारिका गजल गुञ्जन– २०८३’ समेत प्रस्तुत गरेका थिए ।
गजल गुञ्जनमा विश्व किर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक राजकुमार सुन्दास (राज सागर) तथा गायिका जलजला परियारले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया