ट्रेण्डिङ्ग:
|बर्दिबासमा वन कार्यालयको गाडीमा आगजनी, बीपी राजमार्ग अवरुद्ध|प्रतिनिधिसभाको बैठक बस्दै|विश्वकप फुटबल–२०२६ : अमेरिका रहेको समूह ‘डी’ मा सबैको चासो|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर|आज पहाडमा वर्षा, तराईमा तातो हावा|ट्रम्प भन्छन् इरान सम्झौतामा अब्राहम सम्झौतामा सामेल हुने थप देशहरू पनि समावेश हुनुपर्छ|क्यालिफोर्नियामा विनाशकारी रासायनिक ट्याङ्की विस्फोटको जोखिम हटेको अधिकारीहरूको दावी|गार्डेन ग्रोभमा भएको रासायनिक घटनासँग सम्बन्धित क्यालिफोर्नियाको अनुरोधमा राष्ट्रपति ट्रंपद्वारा आपतकालीन घोषणा|२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो|युएससीआईएसले असाधारण परिस्थितिमा मात्र अमेरिकाबाट ‘ग्रीनकार्ड आवेदन’ स्वीकार गर्ने

आज पहाडमा वर्षा, तराईमा तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो कोशी बागमती र गण्डकी  प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै लुम्बिनी प्रदेशको तराई भू–भागका  एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी,  बागमती र गण्डकी प्रदेशका तराई  भू–भागका थोरै स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ  ।

कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशखाले जनाएको छ । रासस

  himalayanvoice.com | ११ जेष्ठ २०८३, सोमबार २१:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online