ट्रेण्डिङ्ग:
|बर्दिबासमा वन कार्यालयको गाडीमा आगजनी, बीपी राजमार्ग अवरुद्ध|प्रतिनिधिसभाको बैठक बस्दै|विश्वकप फुटबल–२०२६ : अमेरिका रहेको समूह ‘डी’ मा सबैको चासो|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर|आज पहाडमा वर्षा, तराईमा तातो हावा|ट्रम्प भन्छन् इरान सम्झौतामा अब्राहम सम्झौतामा सामेल हुने थप देशहरू पनि समावेश हुनुपर्छ|क्यालिफोर्नियामा विनाशकारी रासायनिक ट्याङ्की विस्फोटको जोखिम हटेको अधिकारीहरूको दावी|गार्डेन ग्रोभमा भएको रासायनिक घटनासँग सम्बन्धित क्यालिफोर्नियाको अनुरोधमा राष्ट्रपति ट्रंपद्वारा आपतकालीन घोषणा|२४औँ गोर्खा कप सम्पन्न : यस बर्षको ट्रफी राङभाङ समाज यूकेले जित्यो|युएससीआईएसले असाधारण परिस्थितिमा मात्र अमेरिकाबाट ‘ग्रीनकार्ड आवेदन’ स्वीकार गर्ने

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५ दशमलव ४१ निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर रु १०९ दशमलव ०३ र बिक्रीदर रु १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर रु ११० दशमलव १० र बिक्रीदर रु ११० दशमलव ५४ तथा सिङ्गापुर डलर एकको खरिददर रु ११९ दशमलव ०६ र बिक्रीदर रु ११९ दशमलव ५३ कायम भएको छ ।

जापानी येन १० को खरिददर रु नौ दशमलव ५७ र बिक्रीदर रु नौ दशमलव ६१ तथा चिनियाँ युआन एकको खरिददर रु २२ दशमलव ४२ र बिक्रीदर रु २२ दशमलव ५० तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर रु ४० दशमलव ५३ र बिक्रीदर रु ४० दशमलव ६९, कतारी रियाल एकको खरिददर रु ४१ दशमलव ७२ र बिक्रीदर रु ४१ दशमलव ८८ तथा थाई भाट एकको खरिददर रु चार दशमलव ६८ र बिक्रीदर रु चार दशमलव ७० कायम गरिएको छ ।

संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर रु ४१ दशमलव ४० र बिक्रीदर रु ४१ दशमलव ५७, मलेसियन रिङ्गेट एकको खरिददर रु ३८ दशमलव ४८ र बिक्रीदर रु ३८ दशमलव ६३ तथा दक्षिण कोरियाली वन १०० को खरिददर रु १० दशमलव ०४ र बिक्रीदर रु १० दशमलव ०८ निर्धारण गरिएको छ ।

त्यसैगरी, स्विडिस क्रोनर एकको खरिददर रु १६ दशमलव ३९ र बिक्रीदर रु १६ दशमलव ४६, डेनिस क्रोनर एकको खरिददर रु २३ दशमलव ७० र बिक्रीदर रु २३ दशमलव ७९ तथा हङ्कङ डलर एकको खरिददर रु १९ दशमलव ४१ र बिक्रीदर रु १९ दशमलव ४९ कायम भएको छ ।

कुवेती दिनार एकको खरिददर रु ४९५ दशमलव ८६ र बिक्रीदर रु ४९७ दशमलव ८२, बहराइन दिनार एकको खरिददर रु ४०३ दशमलव ४० र बिक्रीदर रु ४०४ दशमलव ९९ तथा ओमानी रियाल एकको खरिददर रु ३९५ दशमलव ०१ र बिक्रीदर रु ३९६ दशमलव ५७ तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  himalayanvoice.com | ११ जेष्ठ २०८३, सोमबार २१:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online